दुई लाखको सामान समातियो

शेयेर गर्नुहोस

मोहित श्रीपाइली,बैदि / सरकारले किसानलाई समयमा सहजरूपमा मल उपलब्ध गराउन नसकेको अवस्थामा भारतीय बजार बाट मल ल्याउन थालेको छ ।

नेपालमा सहजरूपमा मल उपलब्ध हुन नसक्दा प्रशासनले पनि किसानलाई भारत बाट आउने मल माथि कडाइ गरेको छैन ।तथापि सिमाक्षेत्र बाट मल ल्याउने बहानामा अन्य सामान भित्रीने भेटिएको छ । युरियाकाे नाममा किसानको नाममा जनतालाई भावनात्मक बनाएर तस्करी गर्ने रहस्य बाहिर आएको छ ।

यसकाे ज्वलन्त प्रमाण टिकापुर ७ कालाकुण्डामा साउन १७ गते राति साढे १२ बजे भेटिएको छ ।
सत्ति भन्सार कार्यालय र शसस्त्र प्रहरी खक्राैलाकाे राजस्व गस्ती टाेलिकाे संयुुक्त टाेलिले गस्ती गर्ने क्रममा मलको बाेरा भित्र चिनि तस्करी हुने गरेको रहस्य बाहिर आएको हो ।

गस्ती टाेलिले बाहिर मल लेखिएको तथापि भित्र चिनि भएको १५ बाेरा चिनि बरामद गरेको छ ।
साथमा एक हल राँगा ,दुईवटा डन्लप( गाेरु गाडा ) ४० बाेरा युरिया र ६ बाेरा डिएसपी मल पनि बरामद गरिएको विअाेपि खक्राैलाका इन्चार्ज धन बहादुर सिंहले जानकारी दिए ।

विशेष सुराकीको जानकारी बाट साे मलको बाेरा भित्र चिनि समातिएको उनलेे बताए ।
भन्सार छलि गरेर सामान नेपाल भित्र्याउने गरेकोले सत्ति भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन ।

साउनको दाेस्राे हप्ता सम्म सत्ति भन्सारले १८ लाख रुपैयाँ संकलन गरेको जनाइएको छ भने गतवर्षकाे साउन महिनामा मात्र १ करोड ७२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक छ ।
साउन र भदौमा विशेषगरी कपडा नेपाल भित्रीने भए पनि भन्सार बाट कपडा नगन्य मात्रामा आयात हुने गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Πήδημα στο Πλεδούο Κάζινο – Καλός Τύχος του Γεγονότος

Grande Vegas Casino – Gry Na Stawkę Bez Wzrostu Kapitału

WinUnique Casino Online Gaming Options and Responsible Play Strategies

Crypto Loko Casino – Neutrales und Unabhängiges Online Casino für Spieler

Las Opciones de Apuesta en Glitch Spin Casino

Affidabile intrattenimento e donbet casino, la tua esperienza di gioco ideale e sicura

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका तिन जनाको उम्मेद्वारी दर्ता

धनगढी /माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेद्वारी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे,

अझै पढ्नुहोस्