डिभिजनल वन अधिकृत भट्टसँग मागियो स्पष्टीकरण

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग स्पष्टीकरण मागिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार भट्टलाई पत्र पठाउँदै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो। मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मुख्यमन्त्रीविरुद्ध घुस मागिएको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि त्यसबारे वास्तविकता स्पष्ट पार्न भट्टसँग जवाफ मागिएको हो।

भट्टले एक सञ्चारमाध्यमसँगको कुराकानीमा मुख्यमन्त्री शाहले आफूबाट ५ लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। उनले रकम नदिएपछि आफूलाई धनगढीस्थित डिभिजन वन कार्यालयबाट सरुवा गरिएको दाबी गरेका छन्।

मन्त्रालयले तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए निजामती सेवा ऐनअनुसार कारबाही गर्न सकिने चेतावनी दिएको छ।

उता मुख्यमन्त्री शाहले भने आफूमाथि लागेको आरोप निराधार भएको बताउँदै छानबिनका लागि आफू तयार रहेको बताएका छन्।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपाले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमाथि लागेको आरोपको निष्पक्ष न्यायिक छानबिन गर्न माग गरेको छ।

यसअघि आर्थिक विवादका कारण गत असारमा मुख्यमन्त्री शाहले तत्कालीन वनमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। त्यसयता उक्त मन्त्रालय मुख्यमन्त्री शाहले नै सम्हाल्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is Spin Casino?

The Ultimate Guide to No Wagering Casino Benefits

Quest-ce que Godz Casino ? Une description de lopérateur et des jeux proposés.

What is Godz Casino? Overview of a Gaming Platform

Ouro da Sorte no Goldbet Casino

Glimlach en Gokkasten op 7Gold Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नि:शुल्क पाइने औषधिसमेत उपलब्ध छैन स्वास्थ्य संस्थामा

जमुना न्युरे, पण्डौन /कैलाली सुगम जिल्लाको रुपमा चिनियता पनि दुई गाउँ पालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट्ट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी,

अझै पढ्नुहोस्