धनगढी लेडि जेसिज अध्यक्ष साउँदले गरिन निरौलालाई पद हस्तान्तरण

शेयेर गर्नुहोस


जमुना न्युरे/ धनगढी लेडि जेसिज बर्ष २०२३ कि अध्यक्ष सरिता साउँदले जेसिज बर्ष २०२४ कि अध्यक्ष सुशिला बिष्ट निरौलालाई आज एक समारोहका बिच पद हस्तान्तरण गर्नु भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय डम्मरी महरा ( रक्षा) , विशिष्ट अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत(डोटेली कान्छा) , प्रदेश सदस्यद्वय पुष्पा भट्ट जोशी , लक्ष्मी भण्डारी रहेको कार्यक्रममा धनगढी लेडिज जेसिजले बर्ष २०२३की अध्यक्ष सरिता साँउदले २०२४की अध्यक्ष सुशिला बिष्ट निरौलालाई धनगढी लेडि जेसिजको माला पहिराउदै पद हस्तान्तरण गर्नु भएको थियो ।


कार्यक्रममा बर्ष २०२३ कि अध्यक्ष साउँदले बर्ष २०२४ की अध्यक्ष निरौलालाई माला पहिराउनुका साथै सपथ ग्रहण गराएकी थिईन । सपथ ग्रहण पश्चात अध्यक्ष निरौलाले कार्यसमिति सम्पुर्ण पदाधिकारी सदस्यहरुलाई सपथ ग्रहण गराएकी थिईन ।


बिगत दश बर्षदेखि धनगढी लेडी जेसिजले सामाजिक सेवामा निरन्तर कटिबद्ध भएर नागरिकहरुको व्यक्तित्व विकास , सेवा भावका साथै नेतृत्वलाई जागरुक गर्ने काम गरिरहेको बर्ष २०२३ कि अध्यक्ष सरिता साउँदले बताउनु भयो । राज्य र सरोकारवालाहरुको ध्यान जान नसकेको क्षेत्रमा पनि हामीहरूले काम गर्‍यौं त्यस्ता अझै कार्य गर्न बाकी रहेकाले सो बर्तमान कार्यसमिति पूरा गर्ने बताउनु भयो ।


कार्यक्रममा साउँदले आफ्नो एक बर्षे कार्यकाल अत्यन्तै सफल भएकाले उत्कृष्ट कार्य गर्ने १२ महिनामा १२ जनालाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियोे भने बर्ष भरिमा उत्कृष्ट कार्य सफलताको उपाधी शोभा भट्ट गुरुङलाई प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य सरस्वती बस्नेत , नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सदस्य बिष्णु भक्त खैर , जिल्ला अध्यक्ष मेघा भट्ट ,डेउडा प्रतिष्ठान अध्यक्ष दलबहादुर बोगटी लगायत विभिन्न ब्यक्तित्वहरुको उल्लेख्य सहभागीता थियो ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

सम्बन्धितखवर

छुटाउनु भयो कि !