टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाईसात बुँदे ज्ञापनपत्र

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाई नगर प्रमुख सहितकाे टाेलिले सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु सहितको टाेलिले प्रधानमन्त्रीलाई टीकापुरको विकासका लागि आवश्यक पूर्वाधार तयार गरि दिन ज्ञापनपत्र मार्फत आग्रह गरिएकाे छ ।


आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा टीकापुर नगरपालिकाको गुरुयोजनासहित स्मार्ट सिटी निर्माणको लागि पहल गर्न माग गरिएको छ । टीकापुर-५ दौलतपुरस्थित सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माणको लागि पहल गर्न, टीकापुरमा विमानस्थल सञ्चालन पहल गर्न, बेलुवाबाट भजनी नगरपालिका जोड्ने पथरैया पक्की पुल निर्माणको पनि माग राखिएको छ ।


टीकापुर बसपार्कदेखि पार्क जाने बाटो ढल निकाससहित कालोपत्रे निर्माण, बाहिरी चक्रपथ निर्माण, प्लान्ट क्वारेनटाइन र खाद्य गुणस्तर कार्यालयको पुन:स्थापना र टीकापुर क्षेत्रमा वाणिज्य कार्यालय र यातायात कार्यालय स्थापनाको पहलका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले टीकापुरको विकासका लागि आएको ज्ञापनपत्र अनुसार काम अगाडि बढाउन निर्देशन दिनुभएकाे छ ।

ताजा खबर

Vincita Strada Pollo 2 Online

Spelautomater på Megarikedomars Kasino

Glücksstimmung bei Yako Casino

La Strada della Gru 2: Giocare e Vincolarsi

Amazon Slots Casino – Spielautomatenspiel auf hohem Niveau

सम्बन्धितखवर

छुटाउनु भयो कि !