सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १ मा रहेको एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड बजेट बराबरको नीति तथा कार्यक्रम ल्याएको छु ।

घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवन शिलान्यास तथा स्मारिका बिमोचन कार्यक्रमको प्रमुख अतिथिको आशन बाट बोल्दै मुख्यमन्त्री शाहले भने प्रदेश सरकारले घोडाघोडीनगर पालिकाको बिकास लागि कति योजनाहरु हाल्यो कति हाल्न सकेन , परेका योजनाहरु आउने आर्थिक बर्षमा हाल्ने प्रतिबद्धता जाहिर गरे । स्पष्ट नीति तथा कार्यक्रम बनाएमा प्रदेश सरकारले बजेट हाल्छ ,स्पष्ट नीति तथा कार्यक्रम नभए योजना माग गरे पनि तेति प्राथमिकता नपर्ने । यहाँ हुने बिकासको कार्यक्रमहरुमा राजनीति खिचातानी होइन सबै राजनीतिक दल , सघ सस्थाका प्रतिनिधिहरु सबै मिलेर काम गरे मात्र बिकास हुने बताए ।

घोडाघोडी बहुमुखी क्याम्पसमा परिक्षा सेन्टर सारिनु यहाँको राजनीति खिचातानी र क्याम्पस प्रशासन खिचातानीको कारण रहेको बताउदै निकट भबिस्यमा परिक्षाकेन्द्र घोडाघोडि क्याम्पसमा ल्याउन आफुले पहल गर्ने भन्दै विद्यार्थी भाइ बहिनिहरुलाइ राम्रो लगनशील , मिहेनत गरि नेतृत्व बिकास गर्दै भोलिका दिनमा राम्रो राजनीतिककर्मि , डाक्टर , शिक्षक , समाजसेवी बनी हरेक बिकास क्षेत्रमा लाग्न , सकिने समृद्ध नेपाल बनाउन सकिने बताए ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका नगरप्रमुख खडक बहादुर रावतले भने सबै पहिचान घोडाघोडी तालको नामले सस्था , पालिका ,क्याम्पस नामाकरण गरेका छौ , प्रदेश सरकारले घोडाघोडी ताल लाई नेपालको पहिलो पन्क्षी अभय आरण्य ( बर्ड सेन्चुरि ) घोषणा गरेको छ , त्यो अनुसारको नीति तथा कार्यक्रम नआयको , समग्र घोडाघोडी बिकासका लागि प्रदेश सरकारले योजना तथा कार्यक्रम ल्याइदिन आग्रह गरेका थिय ।

कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मी प्रशाद भट्टराईले ३ बुदे क्याम्पसमा खानेपानीको फिल्टर जडान , शुबिधा सम्पन्न शौचालय निर्माण , क्याम्पस छेउमा नदि नियन्त्रणका लागि तटबन्ध निर्माण लगायत माग राखी ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थीहरु विभिन्न सास्कृतिक कार्यक्रम देखायकको कार्यक्रम संचालन चेत राज बिनाडीले गरेका थिए ।






