गाउँ पसेको चितुवाको उद्धार

शेयेर गर्नुहोस

सुखड कैलाली/ कैलालीको घोडाघोडी नगरपालिका वडा न ८ आमफाटाबाट चितुवाको उद्धार गरिएको छ । गाउँमा पसेको वयस्क चितुवाको सकुशल उद्धार गरिएको हो । आज बिहान करिब ७ बजे गाउमै घुमिरहेको अवस्थामा स्थानियले चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाउलेको हो हल्ला पछि चितुवा स्थानियको शौचालय भित्र गई बसेको थियो ।

डिभिजन वन कार्यालय पहलमानपुर र ईलाका प्रहरी कार्यालय सुखडको टोलिले उक्त चितुवाको उद्धार गरेको हो । उद्धार गरिएको चितुवा डिभिजन वन कार्यालय पहलमानपुर राखिएको छ । चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा लगिने तयारी भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताएका छन ।

एक साता अघि पनि घोडाघोडी नगरपालिका २ साडेपानिमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका थिए । जनकला शाही र छोरी भूमिका शाही सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा गएका थिए । दुईवटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाईन ।

ईलाका प्रहरी कार्यालय सुखडको टोलि खबर पाउना साथ तुरुन्तै जङ्गलमा पुगेका थिए । प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो ।

ताजा खबर

Sistemul profitabil de joc combină royal joker casino bonus fara depunere cu câștiguri rapide și sigure

Lopportunité unique de parier avec betclic, un divertissement sportif accessible et sécurisé

Lopportunité unique de parier avec betclic, un divertissement sportif accessible et sécurisé

Nowoczesne zakłady bukmacherskie z betclic oferują szerokie możliwości wygranych dla fanów sportu

La Experiencia de Riesgo en Need For Spin Casino

Spinnris Kasinot – En Upplevelse Att Vänta På Lyckan

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

टिकापुरमा बालबालिकालाई स्वेटर वितरण

टिकापुर / टिकापुरमा बालबालिकालाई चिसो बाट बचाउन न्यानो कपडा ( स्वेटर ) वितरण गरिएको छ ।टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित रहेको जनप्रकाश आधारभूत विद्यालय

अझै पढ्नुहोस्