कैलाली- २ मा प्रलोपाका उम्मेदवार रावल ब्याक

शेयेर गर्नुहोस

कैलाली क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापालाई सघाउने गरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डम्बर बहादुर रावल ब्याक भएका छन्।

आज कैलाली क्षेत्र नम्बर २ मा दुई पार्टीबीच भएको सहमतिमा प्रत्यक्ष निर्वाचनमा एमालेका उम्मेदवार थापालाई सघाउने गरी प्रलोपा उम्मेदवार निष्क्रिय भएको उल्लेख गरिएको छ।

सहमति पत्रमा प्रत्यक्षमा एमालेलाई साथ दिने र समानुपातिकतर्फ आ–आफ्नो चुनाव चिन्हलाई मत माग्ने उल्लेख गरिएको छ।

सहमति पत्र हस्ताक्षर कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य भगत बडूवालले पार्टी नेता–कार्यकर्ताहरूको भावना अनुसार निर्णय गरिएको बताए।

‘देश गम्भीर मोडमा छ। विद्रोहपछि सल्बलाएका शक्तिहरूले देशको अस्मितामाथि नै खतरा उत्पन्न गर्ने भएकाले हामी संविधान र देशको रक्षा गर्नुपर्छ भन्ने सोचेर हामी यो निर्णयमा पुगेका हौँ,’ बडूवालले भनेका थिए।

एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज लीला भण्डारीले आजको घोषणा कार्यक्रमले कैलाली क्षेत्र नम्बर २ मा एमालेको जित सुनिश्चित भएको बताइन् ।

‘देश र संविधान जोगाउनका लागि आजको घोषणा सभा निकै महत्वपूर्ण भएको छ। यसले एमालेको जित सुनिश्चित भएको छ,’ उनले भनिन्, ‘देश जोगाउन एमालेको जित आवश्यक छ। देशैभर यसैगरी एमालेका उम्मेदवारहरूलाई जिताउन आवश्यक छ।’

एमालेका सबै नेता–कार्यकर्ताको प्रयत्न र प्रगतिशील लोकतान्त्रिक पार्टीको सकारात्मक सोचले यो उपलब्धि हासिल गरेको उनले बताइन्।उम्मेदवारी निष्क्रिय गरिसकेपछि प्रलोका उम्मेदवार रावलले कैलाली क्षेत्र नम्बर २ को विकासका लागि सधैँ सहकार्य गर्ने बताएका थिए।

‘देश संकटमा छ। देशलाई स्थिरता दिलाउन मैले उम्मेदवारी दिएको थिएँ तर दुवै उम्मेदवार मैदानमा भिड्दा दुवै पराजित हुने अवस्था नहोस् भनेर मैले उम्मेदवारी निष्क्रिय गरेर एमालेलाई सघाउने गरी अघि बढ्नेछु,’ उनले भने, ‘अबको मेरो यात्रा एमालेका उम्मेदवारलाई जिताउने हुनेछ।’

उनले समान विचार भएका उम्मेदवारहरूलाई पनि हातेमालो गर्न अपिल गरेका थिए। प्रलोका उम्मेदवारले नै सघाउने सहमति गरेपछि एमाले उम्मेदवार सूर्य बहादुर थापाले आफ्नो जित अझै सुनिश्चित भएको बताएका थिए।

‘देशलाई जोगाउने जिम्मेवारी तपाईँ–हाम्रै काँधमा छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा उम्मेदवारहरूले यसलाई बुझ्नुभएको छ,’ उनले भने, ‘सोही अनुसार आजको यो सहमति भएको हो। म निर्वाचित भएपछि यहाँका जनताका लागि र देशका लागि नवीन कार्य गर्ने प्रतिबद्धता गर्दछु।’

उनले देश विकास र समृद्धिका लागि फुटेर नभई जुटेर अघि बढ्न सबैलाई आह्वान गरेका थिए।

ताजा खबर

Vending machine: The Ultimate Overview to Playing and Winning

Glücksspielhaus Nutzen-Codes: Jede Kleinigkeit, das Sie wissen müssen

Online-Casino Mobil: Der Ultimative Leitfaden zum Verwenden Ihrem Handy

Boost Your Free Spins With The Best Internet Casino Slots

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्