TRENDING
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi
Next
Prev

के तपाइले महिलाले भोग्ने प्रसव पीडा सहन गर्नु भएको छ ?

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका युवा , महिला तथा बालबालिका मन्त्रालयका मन्त्री ओम बिक्रम भाटलाई एक युवाले प्रश्न गरे “के तपाईले प्रसव पिडा सहन गर्नु भएको छ ?” उनले प्रश्नमा थपे  “महिलाका पिडाहरु, सवालहरु, र उनिहरुका मुद्धाहरु पुरुषले कसरी सम्बोधन गर्न सक्छ ? समाबेशीताका कुरा गर्नु हुन्छ, महिला मन्त्री त महिला नै हुनुपर्ने पाउनुपर्ने होईन र के तपाई अवसरवादी हो ?”

उक्त प्रश्न एकाउण्टबिलिटी ल्याब नेपालले सोमबार धनगढीमा आयोजना गरेको ‘राजनीतिमा युवाको पहुँच र सहभागीता’ विषयक प्यानल छलफलमा सहभागीका रुपमा उपस्थित भएका पाण्डव पुजाराले गरेका थिए । प्यानल छलफलमा राजनीतिमा समावेशीकरणको बिषय उठान भएपछि प्रश्नकर्ता पुजाराले उक्त प्रश्न सोधेका थिए ।

पुजाराको प्रश्नको जवाफ दिदै सुदूरपश्चिम प्रदेशका युवा महिला तथा बालबालिका मन्त्रालय मन्त्री ओमविक्रम भाटले भने “महिलाका मुद्धाहरु महिला भन्दा पुरुषलाई बढी थाहा हुन्छ । आफुलाई प्रत्यक्ष रुपमा महशुस नगरेपनि हामीले अप्रत्यक्ष रुपमा पुरुषले पनि महशुस गरिरहेका हुन्छन् । जो मैले पनि महशुस गरेको छु ।”साथै मन्त्रीभाटले उनले मन्त्रालय अन्र्तगतका आवश्यक नीति निर्माण गर्ने कुरामा लागीरहेको बताए ।

एकाउण्टबिलिटी ल्याब नेपालले आयोजना गरेको कार्यक्रममा राजनीतिज्ञ, नागरिक समाज, पत्रकार, विद्यार्थी गरी ५० भन्दा बढी युवाहरुको सहभागीता रहेको थियो । प्यानल छलफलमा नेपाली काँग्रेसका महाअधिवेसन प्रतिनिधी सुनिता राना, धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजाल, र युवा नेता विनय शाह उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जनताको काम नरोक्नुहोस काम गर्न नसके कारण दिनुहोस :मुख्यमन्त्री शाह

धनगढी/कैलाली जिल्लाको धनगढीमा भएको नेपाल निजामती कर्मचारी युनियनको प्रदेश भेलाको प्रमुख अतिथिको आसनबोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने कर्मचारीहरुलाइ जनताको टेबल आएको कामलाई

अझै पढ्नुहोस्
समाचार

देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण: मन्त्री भण्डारी

उधोग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम

अझै पढ्नुहोस्