अस्पताल बनाउने भन्दै चर्च निर्माण भए पछि बिरोध

शेयेर गर्नुहोस

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा अस्पताल बनाउने भन्दै चर्च निर्माण भई सञ्चालनमा आएपछि सोमबार विद्यार्थी सङ्गठनहरू र सामाजिक अभियान्ताहरुले विरोध जनाउँदै कारबाहीको माग गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा छालाको उपचारको लागी लेट मेइन धनगढी प्राइभेट लिमिटेड नामक संस्थाले अस्पताल निर्माण गर्ने भन्दै चर्च निर्माण गरिएको छ ।

आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गराइएको भन्दा विद्यार्थी सङ्गठन र सामाजिक अभियान्ताहरुले कडा विरोध जनाउँदै धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानासँग कारबाहीको माग गरेका हुन् । कारबाहीको माग गर्दै सामाजिक अभियन्ता सूर्य प्रकाश भट्टले प्रमाण हँुदाहँुदै पनि धनगढी उपमहानगरपालिका, जिल्ला प्रशासन कैलाली मुख दर्शक भएर बसेको बताए । उनले भने “गरिब, बालबालिकालाई पैसाको प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन लगाइएको छ, गाईको हत्या गरिएको छ , तत्काल कारबाही गर्नु प¥यो” ।

विद्यार्थी नेता कुबेर खड्काले धार्मिक द्धन्द फैलाउने षड्यन्त्र गर्ने षड्यन्त्रकारीलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने बताए । धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी राना कानुन विपरीत जानेलाई आवश्यक कारबाही गर्ने बताइन् । जग्गाधनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि लिजमा लिइएको साढे चार कट्ठा जग्गामा लेट मेइन धनगढी प्रा.ली.ले चर्च निर्माण गरेको छ । सुरुमा सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिइएको भए पनि, नेपाल लाइफ वर्ड मिसनले भवन निर्माणको काम करिब ९ महिनामा सिद्ध्याएर असार १५ गतेदेखि चर्च सञ्चालनमा ल्याएको छ ।

चर्चमा इसाई धर्म प्रचार गर्न दुई जना कोरियन नागरिक समेत संलग्न रहेको पाइएको छ । गत असार १५ गतेदेखि सञ्चालनमा ल्याएको चर्चले युवा तथा बालबालिकाहरूलाई आर्थिक प्रलोभन देखाई क्रिश्चियन धर्म प्रति आकर्षित गर्दै आएको स्थानीयको भनाई छ ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Uncategorized

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा द्वारा शैक्षिक सामग्री वितरण

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ। सो बिधालयमा अध्ययनरत बिपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका

अझै पढ्नुहोस्