कान चेकजाँच शिविर सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमालामा१ दिने नि:शुल्क कान चेकजाँच शिबिर सम्पन्न भएको छ।


गौरीगंगा नगरपालिका वडा नं-२ को कार्यालयको समन्वयमा र इमप्याक्ट नेपालको प्राबिधिक सहयोगमा सम्पन्न भएको थियो।
मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नगर उप-प्रमुख भोज बहादुर बम रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कार्यक्रम सन्देशमुलक र बजार क्षेत्रमा भन्दा गाउँमा गरिने शिबिरले जनता लाभान्वित हुने हुँदा आयोजक लाई नगर उप प्रमुख भोज बहादुर बम ले धन्यवाद दिएका थिए।


कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत हरुको उपस्थिति रहेको थियो। सो शिबिरमा कानको १७५ जना स्थानीयले कान परिक्षण गरायका थिए। जसमा ५ जनाको कानको शल्यक्रिया गराउनु पर्ने देखीएको थियो।उनिहरु लाई सहुलियतमा शल्यक्रिया गर्ने ब्यवस्था मिलाउने इमप्याक्टका कार्यक्रम संयोजक बोगटि ले बताउनु भएको थियो। गाउँ गाउँ र टोलमा प्रचारप्रसार गरि सेवालिई लाभान्वित हुन आग्रह गर्दै कार्यक्रमको समन्वय गरिएको वडा अध्यक्ष जनक साँउद ले बताए।


शिबिरमा आएका सेवाग्राहीहरु पनि चौमाला प्राथमिक स्वास्थ केन्द्रमा आँखा तथा कान चेकजाँच गराउन पाएपछी हर्सित भएको मेलमिलाप संयोजक हेमन्त राज जोशी (बाजे) ले बताउनु भएको छ।


कार्यक्रमको संचालन मेलमिलापकर्ता ममता जोशी ले गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य चौमाला प्राथमिक स्वास्थ केन्द्र प्रमुख कर्ण बिस्वकर्माले ब्यक्त गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

BCGame Classic Slots Experience

Lucky Tiger Casino : Votre Site de Jeux dHasard En Ligne Officiel

The Winplace Casino Slot Experience

Odins Fortune Casino Slot Game Experience

Sfida la Fortuna con i Giocchi da Casinò di DailySpins Casino

El Juego de Dinero con Préstamos Rápidos en México, un Servicio Ofrecido por MoneyPanda

सम्बन्धितखवर

छुटाउनु भयो कि !