रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी निर्वाचन कार्यालयमा दर्ता

शेयेर गर्नुहोस

टीकापुर/सांसद रेशम लाल चाैधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टी दर्ता गरिएको छ ।
मंगलबार रेशम लाल चाैधरीकाे श्रीमती रन्जिता श्रेष्ठ चाैधरीकाे नेतृत्वमा २५ सदस्यीय नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ नाम दिइ दर्ता भएको हाे । नयाँ दलमा विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु पार्टीमा आवद्ध भएका छन् ।

नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा २०१ जनाको केन्द्रीय सदस्य रहने व्यवस्था राखिएको छ । नयाँ दर्ता भएको पार्टीको चुनाव चिन्ह ढकिया राखिएकाे छ । त्यसैगरी पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिएको दस्तावेजमा उल्लेख छ । पार्टीमा सक्रिय राजनीतिको उमेर हद ६५ वर्ष कायम गरिएको छ ।
पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, तीनजना वरिष्ठ नेता, एक महासचिव, ७ जना सचिव, एक कोषाध्यक्ष र ७ जना सह कोषाध्यक्ष रहने ब्यवस्था रहेको छ ।

त्यसैगरी नयाँ पार्टीको शासकीय स्वरुपमा संघीयता, धर्म निरपेक्षता, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिने उल्लेख गरिएको छ । त्यसैगरी दलित जनजाति, थारु, मुस्लिम महिलाका लागि अनिवार्य आरक्षित सिटको व्यवस्था गरिने उल्लेख छ।

ताजा खबर

Top Neteller Online Casino Sites: A Comprehensive Guide for Gamblers

Free Offline Slot Machine: Enjoy Gambling Enterprise Gamings At Any Time, Anywhere

Online Slot Machines: The Ultimate Guide to Playing and Winning

Online Slot Machine Best Payment: A Guide to Maximizing Your Profits

The Best Casino for Roulette Australia Low Volatility Review

Migliori Imprese di giocoe d’azzardo che Accettano Mastercard: Una Guida Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा सरकार उदासिन भएको आरोप

कान्तिपुरमा देखिएको श्रम समस्याका बारेमा जारी संघर्षको कार्यक्रम अन्तर्गत आज मिति २०८० मंसिर १० गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि

अझै पढ्नुहोस्