सुदुरपश्चिम प्रदेशमा नौलो अभ्यास: वार्षिक नीति तथा कार्यक्रमका लागि प्रदेश सभाका सदस्यहरुसँग सुझाब माग

शेयेर गर्नुहोस

जेष्ठ १४,कैलाली/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा प्रदेश सभाका सदस्यहरुसँग सुझाब माग गर्नु भएको छ ।


बुधबार धनगढीमा आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी प्रदेश सभाका सदस्यज्यूहरुसँगको अन्तरक्रिया कार्यक्रम मार्फत मुख्यमन्त्री शाहले सुझाब माग गर्नु भएको हो । उहाँले जनताले प्रत्याभुत गर्नसक्ने र प्रदेश सभाका सबै सदस्यहरुले अपनत्व लिने खालका नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकार लागि परेकोले सोही बमोजिमका सुझाब दिन अनुरोध गर्नुभयो । उहाँले आफ्नो पहिलो कार्यकाल आर्थिक वर्ष २०८०।८१ मा ल्याएको र आर्थिक वर्ष २०८१।०८२ वार्षिक नीति तथा कार्यक्रम राख्दै आर्थिक वर्ष २०८२।०८३ वार्षिक नीति तथा कार्यक्रम तयारीका लागि सुझाब माग गर्नु भएको हो ।


यसअघी आ ब २०८०।८१ मा नेपाली काँग्रेस, माओवादी, समाजबादी र नागरिक उन्मुक्ति सहित दलको सहभागितामा र आर्थिक वर्ष २०८१।०८२ मा एमाले, माओवादी, समाजबादी, नागरिक उन्मुक्ति दलको सहभागितामा वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो । आर्थिक वर्ष २०८२।०८३ वार्षिक नीति तथा कार्यक्रममा भने मुख्यमन्त्री शाहले प्रदेश सभाका सबै सदस्यहरुसँग सुझाब माग गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गर्नु भएको छ । मुख्यमन्त्री शाहले सुदुरपश्चिमका नागरिकहरुको माग र चाहना अनुरुप दीगो बिकास गर्न प्रदेश सरकार लागि परेको बताउनु भयो ।


भष्ट्राचारमा शून्य सहनशिलताको नीति लिएको प्रदेश सरकारले बजेटमा ९ वटा क्षेत्रका योजनाहरु प्राथमिकतामा राखेको छ । १. कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण, २. पर्यटन विकास, ३. गुणस्तरीय भौतिक पूर्वाधार विकास (ऊर्जा, यातायात, संचार, आवास,खानेपानी र सिँचाइ), ४. सामाजिक विकास (शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण एवम् रोजगारी), ५. औद्योगिकीकरण, ६. गरिबी निवारण, ७. जडिवुटीको उत्पादन सहितको वन तथा वातावरण मैत्री हरित विकास, ८. संस्थागत सवलीकरण र सुशासन र ९. डिजिटल प्रदेश रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Lhistoire de Chicken Road : un regard sur le jeu dargent

Biletul B7: Aventură la Ocazia Încredinței

Godz Casino: Overview and Online Gaming Services Review

Aussie’s Guide to the Best Online Pokies AU

What is Play Alberta Casino?

What is Paddy Power Casino?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरियाली सामुदायिक वनको साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १४ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका

अझै पढ्नुहोस्
समाचार

खक्रौलाबाट लागुऔषध सहित युवक पक्राउ

मान बहादुर ठकुल्ला टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ खक्राैलाबाट लागुअाैषध सहित एक युवक पक्राउ परेका छन । कैलालीको टिकापुर नगरपालिका ,शक्तिनगर बस्ने

अझै पढ्नुहोस्