सर्वोच्चको आदेशपछि सुदूरपश्चिम लोकसेवा आयोगको परीक्षा स्थगित

शेयेर गर्नुहोस

सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २० गते जारी गरेको प्रदेश निजामती सेवाका अधिकृत नवौं तहका अप्राविधिक÷प्राविधक पदहरुको ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाको विज्ञापन परिपूर्तिका लागि तय गरेको परीक्षा सर्वोच्चको आदेशपछि स्थगित गरेको हो ।

प्रदेश लोक सेवा आयोगले २० फागुनमा खोलेको विज्ञापनमा अप्राविधिक तर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सामान्य प्रशासनबाट सात जना र राजश्वबाट एक जना तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ सामान्य प्रशासनबाट सात जना र राजश्वबाट एक जनालाई बढुवा गर्ने सूचना जारी गरेको थियो ।
आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्राविधिकका विभिन्न ३० पदमा ३५ जना र कार्य क्षमताको मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ ४९ पदमा ५० जनाको विज्ञापन खुल्ला गरेको थियो ।

ती मध्ये समूह भित्रै आन्तरिक प्रतियोगिताको परीक्षा दिन नपाइएको भन्दै वन सेवा र कृषि समूहले सर्वोच्च अदालतमा रिट दाय गरेका थिए । रिट दिएको भोलीपल्टै अदालतले आयोगलाई तत्काल परीक्षा रोक्न भनेपछि आयोगले अहिले परीक्षा रोकिएको जानकारी गराएको हो ।

आयोगका शाखा अधिकृत मिना जोशीद्धारा जारी एक सूचनामा भनिएको छ ‘यस आयोगमा मिति २०८२ वैशाख २४ मा प्राप्त भएको सो अल्पकालीन आदेश बमोजिम सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षा सम्बन्धी कार्यहरू अगाडि नबढाई यथास्थितिमा राखी परीक्षा कार्यक्रम स्थगित भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गर्ने भनी आयोगले २०८२ वैशाख २४ मा निर्णय भएकोले सोही ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exploring the Reels of Smash Casino Slots

Vibrant gaming experiences await at luckywave casino with exclusive bonuses

Spanning bouwt zich op rond luckywave casino met spectaculaire winmogelijkheden voor elke speler

Der Glanz von Yojis Jackpot-Rollen

Uitgebreide analyse van kansspelen met een hidden jack casino review en praktische tips

Reliable platforms offering a non gamstop casino uk experience deliver exciting game selections

सम्बन्धितखवर

छुटाउनु भयो कि !