पर्यटकका नाममा बजेट ,सिमित व्यक्ति राखेर पर्यटन महोत्सव गर्ने कार्यमा संसदिय समितिको कडाई, अब मुख्यमन्त्रीनै मुल आयोजक समितिको संयोजक हुने

शेयेर गर्नुहोस

धनगढी– सुदूरपश्चिम सरकारको लगानीमा आयोजना हुन लागेको पर्यटन महोत्सवमा संसदिय समितिले सरकारको कार्यक्रम बनाउन भनेपछि अनिश्चित बनेको छ ।
मन्त्रालय र केही होटल तथा पर्यटन व्यवसायीहरुलाई राखेर आयोजक समिति गठन भएपछि संसदिय समितिले मन्त्रालयको कार्यप्रति जवाफ माग गरेको थियो । सो विषयलाई लिएर अहिले मन्त्रालय अन्यौलतामा रहेका कारण महोत्सव अनिश्चित बनेको हो । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कैलाली तथा कञ्चनपुरका सिमिति व्यक्तिलाई राखेर आयोजना गर्न लागेको थियो ।


अहिले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पर्यटन तथा होटल महोत्सवका नाममा सिमित व्यक्तिलाई बजेट बाढ्ने तयारीबाट पछि हटेको छ । सिमित पर्यटन तथा होटल व्यवासायीलाई मुल समारोह समितिमा राखेर आयोजना हुन लागेको पर्यटन महोत्सव धनगढीमा गर्न लागेपछि संसदिय समितिले मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा कार्यक्रम गर्न निर्देशन दिएपछि मन्त्रालय पछि हटेको जनाएको छ ।


मन्त्रालयले यहि चैत ४ गतेदेखि ६ गतेसम्म धनगढीमा पर्यटन महोत्सव गर्ने तयारीस्वरुप कैलाली र कञ्चनपुरका होटल तथा पर्यटन व्यवसायीलाई राखेर मुल आयोजक समिति गठन गरेको थियो । समितिले मुल आयोजक समिति गठनमै प्रश्न उठाएपछि मन्त्रालयसहित सो समितिमा रहेका व्यक्तिहरुले सर्वसाधारणलाई भ्रमित पार्न आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै संसदिय समितिले पर्यटन व्यवसायीहरुलाई हतोत्साहित पार्ने काम गरेकाले सो महोत्सवलाई असहयोग गर्ने प्रतिक्रिया दिए ।


मुल आयोजक समितिका संयोजक केशबराज पाण्डेले भने –‘संसदिय समितिको निर्देशनले हामी व्यवसायीहरुको हतोत्साहित बनाएको छ । कोभिड महामारीपछि पर्यटन व्यवसायी धरासायी भइरहेको अवस्थामा सरकारले प्रोत्साहित गर्नुभन्दा पनि निरुत्साहित गर्ने कार्य गरेकोमा गम्भिर आपत्तीका साथै यस किसिमका कार्यको घोर भत्र्सना गर्दछौं ।’

मन्त्रालयको बदमासी सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका शिवराज अवस्थी सदस्य सचिव रहने गरि होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवराज पाण्डेयको संयोजकत्वमा ११ सदस्यीय मुल आयोजक समिति बनाएको थियो । जसमा अधिकाँस व्यक्ति अध्यक्ष पाण्डेय निकटकामात्र रहेका छन् ।


सो समितिको सदस्यमा टुर एण्ड ट्राभल्स एजेन्सी (नाटा) कैलाली अध्यक्ष पदमविक्रम सिंह, होटल व्यवसायी संघ कञ्चनपुर अध्यक्ष रामचन्द्र रेग्मी, द रुवस होटलका सञ्चालक प्रकाशचन्द्र भट्ट (कैलाली), हान सुदूरपश्चिम अध्यक्ष दिनेश राज भट्ट (कैलाली) थिए ।
यस्तै होटल व्यवसायी महासंघ नेपालका कलमबहादुर बम (कैलाली), होटल दिनेशकी सञ्चालक शारदा शाह (कैलाली), होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारी, होमस्टे घरबास महासंघका दिनेश चौधरी र होटल व्यवसायी संघ कैलालीका अवेशकुमार चन्द रहेका थिए ।


‘सबै कैलाली र कञ्चनपुरका व्यक्ति आयोजक समितिमा राखेर समग्र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व हुँदैन । के पर्यटकिय स्थलहरु अन्य जिल्लामा छैन । पर्यटनका नाममा धनगढीकै व्यक्ति राखेर धनगढीमै कार्यक्रम गर्नु उपयूक्त देखिएन’ अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिको सभापति घनश्याम चौधरीले भने –‘सोही कारण मन्त्रालयको जवाफ मागेका थियौ । केही प्रतिक्रिया आएन । सो कारण मुख्यमन्त्रीको संयोजकत्वमा आयोजक बनाएर कार्यक्रम गर्न भनेका हौं ।’


उनले मन्त्रालयले गठन गरेको आयोजक समितिको मनसाय स्पष्ट नभएको बताए । उनले भने –‘सरकारले प्रतिनिधित्व गर्दा व्यवसायीहरुलाई आपत्ती किन भएको हो ? बजेट सरकारले खर्च गर्ने अनि नीजि व्यवसायीहरुले सिमित मान्छेलाई राखेर कार्यक्रम गर्ने भन्ने हुँदैन ।’


त्यो भडासको पत्रकार सम्मेलन ?
जब सरकारले यसको प्रतिनिधित्व लिनुपर्ने संसदिय समितिले निर्देशन दियो तब सो समितिमा रहेका होटल तथा पर्यटन व्यवसायीहरुले धनगढीस्थित होटल आस्थामा पत्रकार सम्मेलन गरे । सम्मेलनमा उनीहरुले महोत्सवमा सरकार र प्रदेश सभा सदस्यहरुले नेतृत्व नगर्ने आसयको भास्य थियो ।


‘मुख्यमन्त्रीलाई संयोजक बनाउने कुरा र प्रदेश सभा सदस्यहरु यो समितिमा रहने गरि संसदिय समितिले निर्देशन दिएको छ । जुन उपयुक्त होइन’ उनीहरुले पत्रकार सम्मेलनमा भने –‘कोभिड महामारीले थला परेको पर्यटन व्यवसायीमा राज्यले उपेक्षा गरि पर्यटन प्रबद्र्धनमा व्यवसायीहरुको योग्दानलाई कमजोर बनाउने गैरजिम्मेवार निर्णयहरु गरेको पाइयो ।’


संसदिय समितिले मुख्यमन्त्रीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरि महोत्सव सञ्चालन गर्न निर्देशन दिएपछि पर्यटन व्यवसायीहरु आक्रोसित बने । व्यवसायीहरुले सरकारले नीजि क्षेत्रलाई विभिन्न बहानामा निरुत्साहित गर्ने र व्यवसायीहरुको योग्दानलाई कमजोर बनाउने निर्णय गरेको भन्दै महोत्सवलाई आफुहरुले साथ र सहयोग नगर्ने घोषणा गरेका हुन् ।


पर्यटन बोर्डबाट पनि थप लगानी हुने गरि समितिले कार्य गरेको बताउँदै –‘प्रदेश सरकारको ४० लाख र पर्यटन बोर्डबाट थप ३० लाख रकम दिने सम्झौता समेत भइसकेको थियो । तर, २०८१ माघ २७ गते प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिको बैठकले नीजिक्षेत्रलाई समारोहबाट बाहिर राखी प्रदेश सभा सदस्यहरुको संलग्नतामा सप्ताहव्यापी मेला आयोजना गर्ने प्रस्ताव अघि सारेको पाइयो ।’


उनले संसदिय दलको निर्देशन गैरजिम्मेवार र नीजि क्षेत्रलाई कमजोर बनाउने खालको रहेको बताए । उनीहरुले सरकारलेनै आयोजना गरेको खप्तड सम्मेलनले उपलब्धी ल्याउन नसकेको बताउँदै –‘खप्तड सम्मेलनमा सकारले त्यति ठुलो लगानी ग¥यो तर, त्यसको उपलब्धी पनि देखिएन । प्रदेश सभा सदस्यहरुको आन्तरिक द्वन्द्वका कारण व्यवसायीहरुले मार खेप्नुपरिरहेको छ ।’
आफै खर्च गरेका छौंः व्यवसायीहरु
मन्त्रालयले मुल आयोजक समिति गठन गरेपछि भारतका विभिन्न स्थानमा पुगेका थिए । सो समयमा उनीहरुले पर्यटन भित्र्याउन भारतका विभिन्न स्थानमा जाँदा व्यक्तिगत रुपमा खर्च गरेको बताइरहेका थिए । ‘हामी नीजि क्षेत्र आफैले यस्ता महोत्सव गर्न नसक्ने होइन । हामी आफै पनि गर्न सक्छौं । तर, यो महोत्सवलाई सफल बनाउन भारतका विभिन्न राज्यमा गएका थियौं । त्यहाँ हामीले व्यक्तिगत रुपमै खर्च गरेका छौं’ उनीहरु भनिरहेका थिए ।


‘हामीले महोत्सवलाई सफल बनाउन भारतको उत्तर प्रदेश, उत्तराखण्ड तथा दिल्लीका ट्राभल तथा होटल व्यवसायीहरुसंग कार्यक्रमको आयोजना गरि औपचारिक निमन्त्रणा समेत गरिसकेका छौं’ महोत्सव मुल समारोह समितिका संयोजक केशबदत्त पाण्डेयले भने ।


अब मुख्यमन्त्रीको संयोजकत्वमा महोत्सव हुन्छ– मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुख्यमन्त्रीको संयोजकत्वमा मुल आयोजक समारोह समिति गठन गरि पर्यटन महोत्सव सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
‘संसदिय समितिबाट जुन निर्देशन आएको छ । सोही अनुसार मन्त्रालयले कार्य गरिरहेको छ’ पर्यटन इकाइका वरिष्ठ वन अधिकृत डबल बोहराले भने –‘महोत्सव सञ्चालनमा केही ढिलाई हुन सक्छ । संसदिय समितिकै निर्देशन अनुसार मुल आयोजक समारोह समिति गठन हुन्छ र धनगढीमा हुने महोत्सवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा समुदघाटन गरिने छ ।’ उनले प्रदेश सरकारले महोत्सवका लागि विनियोजन गरेको बजेट न्यून रहेको बताए ।


यसअघि मन्त्रालयले माघ ४ गते बसेको बैठकले पर्यटन तथा होटल व्यवसायी केशवदत्त पाण्डेयको संयोजकत्वमा विभिन्न संघ–संस्थाको प्रतिनिधित्व हुने गरि १० सदस्यीय मुल आयोजक समारोह समिति गठन गरेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ‘प्रदेश पर्यटन महोत्सव २०८१’ आयोजना गर्ने गरि यहि चैत ४ देखि ६ गतेसम्म महोत्सव सञ्चालन गर्ने योजना बनाएको थियो ।

ताजा खबर

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सरोकारवालाहरु संग छलफल तथा सुझाव संकलन सम्पन्न

जमुना न्युरे/धनगढीमा आज लालझाडी मोहना वन सरक्षण क्षेत्रको ब्यबस्थापन कार्ययोजना मस्यौदा माथी सरोकारवाला निकाय सङ्ग छलफल तथा सुझाब सङ्कलन कार्यक्रम सप्पन्न भएको छ । सुझाब

अझै पढ्नुहोस्
समाचार

कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान

धनगढी, चैत २९– नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्य समिति र जिल्ला कार्य समिति कैलालीले प्रकाशन गरेका भित्तेपात्रो २०८१ को विमोचन गरिएको छ ।

अझै पढ्नुहोस्