सरोकारवालाहरु संग छलफल तथा सुझाव संकलन सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे/धनगढीमा आज लालझाडी मोहना वन सरक्षण क्षेत्रको ब्यबस्थापन कार्ययोजना मस्यौदा माथी सरोकारवाला निकाय सङ्ग छलफल तथा सुझाब सङ्कलन कार्यक्रम सप्पन्न भएको छ ।

सुझाब सङ्कलन कार्यक्रम बोल्दै सुदूरपश्चिम प्रदेश उधोग , पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचीव प्रमोद भट्टराईले लालझाडी मोहना वनलाइ नेपाल सरकारले बि. स .२०६८ फागुन १५ गते जैविक मार्ग र सिमसार क्षेत्र भन्दै वन सरक्षण क्षेत्रको रुपमा घोषणा गरेको हो । लालझाडी मोहना वन मात्र नभएर एक महत्वपूर्ण जैविकमार्ग पनि हो जहाँ भारतको दुधुवा नेशनल पार्क हुँदै लालझाडी मोहना जैविक मार्ग हुँदै बन्यजन्तु निर्बाद रूपमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज हुँदै पुन :लालझाडी मोहना हुँदै कैलालीको बसन्ता हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै कतर्निया हुँदै वन्यजन्तु ओहोरदोहोर गर्ने गरेका छन् ।


अहिले लालझाडी मोहनाको ब्यबस्थापन योजना निर्माणको चरणमा रहेकाले यस्को सरक्षण सङै सदुपयोग कसरी गर्ने , वन ब्यबस्थापन प्रणाली सुख्खा खडा ,ढ्लापडा संकलन गर्ने कि निकुञ्जको जस्तो नराखेर परिमार्जित गर्दै लैजाने ,
।समुदायमा अधारित बन ब्यबस्थापन प्रणाली बनाउने कि , जनचेतना मुलक शिक्षा स्थानीय समुदायमा रहेका वनमा आश्रति आदिवासी ,जनजाति , दलित लक्षित वर्गका लागि कस्ता कार्यक्रम ल्याउने ताकी उनिहरुको जीवनस्तर उकासिनुका साथै सरक्षणमा ल्याउन सहज होस ।

मानव र बन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्दै ,जैविक बिबिधता सरक्षणमा यसले मानव र बन्यजन्तुको सहअस्तित्व कार्यम गर्दै यसलाई अवसरको रूपमा लैजानु पर्ने ,बन्यजन्तु बाट भएको क्षतिलाई कसरी राहतको ब्यबस्थापन गर्ने जस्ता कुरा यो निर्माण हुने ब्यबस्थापन मा समेटिनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यलय कंचनपुरका प्रमुख राम बिचारी ठाकुरले भने नेपाल सरकारले वन सरक्षण क्षेत्र घोषणा गरेको १३ बर्ष बितिसकेको छ । वन संरक्षण क्षेत्र भित्र पनि वन्यजन्तुको लागि आहार बिहार सङै बिचरण गर्न कोर क्षेत्र राखिनु पर्छ । सामुदायलाइ बन सरक्षण सङै सदुपयोग गर्न दिने योजनाहरु समेटिनु पर्छ , ताकी स्थानीयलाई सहजै सरक्षण ल्याउन सकियोस ।

स्थानीयलाई अपनत्व हुने गरि सिमसारमा आश्रीत लक्षित वर्गहरुलाइ आर्याआर्जनमा टेवा पुग्ने कार्यक्रम ल्याउनु पर्ने, वन सरक्षण क्षेत्रको कोरक्षेत्र भन्दा बाहिरको क्षेत्रमा वनको श्रोत सर्वेक्षण गरि रुखको माैज्दात र वार्षिक स्वीकार्य कटान परिमाण यकिन गर्दा मानव बन्यजन्तु बिचको द्वन्द्व कम हुने , समुदाय मानिसहरु दैनिक रुपमा वन पैदावर सदुपयोग गर्न प्रस्तावित कार्ययोजनामा समावेश गर्ने सुभाब दिए ।

कार्यक्रममा बोल्दै लालझाडी मोहना वन सरक्षण क्षेत्रका परिषद अध्यक्ष राज बहादुर ऎरले भने बन्यजन्तुले गर्ने क्षती राहतको लागि वडा कार्यलयले सिफारिसमा नगद दिने ब्यबस्था गर्नु पर्ने , वन सरक्षण क्षेत्रमा बन्यजन्तु नोक्सान कम पुर्‍याउने बाली लगाउन प्रोत्साहन गर्ने तथा त्यो उत्पादित वस्तुको बजारीकरण गर्ने जस्ता कार्यक्रम हुनु पर्ने , लालझाडी मोहना वन सरक्षण क्षेत्र बन्यजन्तुका लागी महत्त्वपूर्ण रहेको बताए ।


कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासघका (NFOFn केन्द्रिय महासचिव डण्डि राज सुबेदिले भने समिति काे सरचना समूह वाट प्रतिनिधि भई आयका मात्र अध्यक्ष उपाध्यक्ष, काेषाध्यक्ष हुन पाउनु पर्ने र लाभांश बितरणको खाका प्रष्ट हुनु पर्ने बताए ।

कार्यक्रम सामुदायिक समन्वय समिती कंचनपुर अध्यक्ष महेश दत्त जोशी , सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज बिष्ट , प्रदेश वन अनुसन्धान तथा तालीम केन्द्रका प्रमुख केशव राज पराजुली लगायतका वक्ताहरुले सुझाव दिएका थिए । कार्यक्रममा पशुपति कोइराला , बुद्धि रिजाल , शिव शर्माले सहजीकरण गरेका थिए ।

तराई भु – परिधी कार्यक्रम (ताल ) आर्थिक सहयोगमा ग्रीन गर्भनेश नेपाल काठमाडौको सहजीकरण भएको कार्यक्रम को किरण तिमिल्सिनाले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sfida la Fortuna con i Giocchi da Casinò di DailySpins Casino

El Juego de Dinero con Préstamos Rápidos en México, un Servicio Ofrecido por MoneyPanda

Amonbet Casino Slot Experience Overview

The Luckymister Slot Machine Experience in Las Vegas Casinos

Understanding Slot Machines and Spinkings in Casino Games

Winbeast Slot Machine Success Rates and Strategies

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Шанс сорвать куш лучшие предложения водка казино бонус и стратегии выигрыша в 2024 году.

Удача ждет: vodka casino – ваш билет в мир больших выигрышей, увлекательных слотов и эксклюзивных бонусов для настоящих ценителей риска. Погружение в мир онлайн-казино: возможности

अझै पढ्नुहोस्
समाचार

सामान्य टाउको दुखाइले मेडिकल गएका युवाको मृत्यु

सुखड/कैलालीको घोडाघोडी नगरपालिका वडा८ मा सामान्य टाउको दुखाइले मेडिकल गएका युवाको मृत्यु भएको छ । सोमबार बिहान नजिकैको दहित मेडिकलमा टाउको दुख्यो भनेर उपचारका लागि

अझै पढ्नुहोस्