TRENDING
Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Next
Prev

न्याभ कपको २० औं संस्करणको पत्रकार सम्मेलन

शेयेर गर्नुहोस

नेप्लिज एसोसियसन अफ भिक्टोरियाको आयोजनामा न्याभ कपको २० औं संस्करणको पत्रकार सम्मेलन अस्ट्रेलियाको भिक्टोरियामा सम्पन्न भएको छ। न्याभ कपको सुरुवात जनवरी १२ देखि हुने र समापन मार्च ९ मा हुने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ।

कार्यक्रम माथि प्रकाश पार्दै नेप्लिज एसोसियसन अफ भिक्टोरियाका अध्यक्ष डा. एकिन्द्र तिमिल्सेनाले न्याभले ” खेल मार्फत नेपाली समुदायलाई बिषौ बर्षदेखि जोड्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

न्याभ कपको बिजेताले ५,१०० अस्ट्रेलियन डलर पुरस्कार राशी र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेताले २००० अस्ट्रेलियन डलर पुरस्कार राशी र ट्रफी प्राप्त गर्नेछ। सो कार्यक्रममा बिजेता र उप बिजेताले प्राप्त गर्ने ट्रफी पनि सार्वजनिक गरिएको थियो ।

यस टुर्नामेन्टमा १८ टिमको सहभागिता रहने र भिक्टोरियन नेपलिज क्रिकेट एसोसियनले खेलको प्राविधिक ब्यबस्थापन गर्ने कुरा सार्वजनिक गरिएको थियो। ट्रफी सार्वजनिक पछि कुन कुन टिम कुन कुन समूहमा रहने र कुन टिमले कुन टिमसंग खेल खेल्ने भन्दै लक्की ड्र मार्फत घोषणा गरिएको आयोजकले जनाएको छ।
उक्त कपलाई अस्ट्रेलियामा रहेका विभिन्न ब्यवसायिक प्रतिष्ठानहरूले प्रायोजन गर्ने भएका छन्।

यसमा एक्सपर्ट एजुकेसन र भिसा सर्भिसेज, ग्रेस इन्टरनेशनल एजुकेसन तथा माईग्रेसन, सोल्भ एजुकेसन तथा माईग्रेसन र मिराकल माईग्रेसन तथा एजुकेशनले प्लेटिनम स्पन्सरको रूपमा सहयोग गरेका छन् भने म्याक्सिम्याक्स एजुकेसन र माईग्रेसन सर्भिसेजले भिसा पार्टनरको रूपमा। त्यसै गरि हस्पिटालिटी पार्टनर हिमाली फ्युजन रेस्टुरेन्ट र गोल्ड स्पन्सरमा भि.एक्स.एल. एजुकेशनले सहयोग गरेको छ।

न्याभ कपको पत्रकार सम्मेलनको सभापतित्व नेप्लिज एसोसियसन अफ भिक्टोरियाका अध्यक्ष डा. एकिन्द्र तिमिल्सेनाले गरेका थिए भने कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत एसोसियसनका उपाध्यक्ष सुदिप श्रेष्ठले गरेका थिए।

कार्यक्रममा अतिथिहरु महादेब धानुक, प्रकाश रेग्मी, वसन्त पोख्रेल, सौगात कार्की, ससेन्द्र केसि, ध्रुव अधिकारी, आकाश मुडभरी लगायतले कार्यक्रमको महत्त्वबारे आफ्ना कुराहरु व्यक्त गर्दै खेलको सफलताको शुभकामना दिएका थिए भने कार्यक्रमको संचालन नेप्लिज एसोसियसन अफ भिक्टोरियाका सचिब तथा खेल संयोजक उज्ज्वल अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Labākie Online Casino Latvijā 2026 ️ Visi Kazino”

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पथरिया पुल नजिकै कल्भर्टमा ठोक्किंदा एकको मृत्यु

बैदि / टिकापुर ७ बैदि पथरिया पुल नजिकैको कल्भर्टमा ठाेक्किंदा एककाे मृत्युु भएको छ ।  बुधबार साँझ पदमपुर बाट ( आफन्तकाे घर ) घरमा (

अझै पढ्नुहोस्
समाचार

वाताबरण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न

मसुरिया/वातावरण संरक्षण बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड गौरीगंगा ८ कैलालीको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष फुल कुमारी मल्लको सभापतित्वमा भएको सभामा

अझै पढ्नुहोस्
समाचार

कैलाली जिल्लाको होमस्टे भादागाउँमा मनाइयो गुरही पर्व

धनगढी/जमुना न्युरे”संरक्षण सम्बद्धर्न के लाग सक्कुजन करि काम ,सस्कृती भेषभुषा राखी हमार पहिचान ” भन्ने मुल नाराका साथ थारु समुदायमा आज गुरही (गुरिया) मनाएको छ

अझै पढ्नुहोस्