बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश

शेयेर गर्नुहोस

धनगढी — सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका लागि तयार पारिएको कार्ययोजना प्रदेश सरकारसमक्ष पेश गरिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री शिवराज भट्टलाई कार्यदलका संयोजक तथा प्रदेश सभा सदस्य पदम बहादुर शाहीले उक्त कार्ययोजना पेस गरेका हुन्।

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा २०८२ भदौ ४ गते बसेको सर्वपक्षीय बैठकको निष्कर्ष र २०८२ मंसिर २ गतेको मुख्यमन्त्रीस्तरीय निर्णयअनुसार शाहीको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदललाई बडिमालिका क्षेत्रको पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनका लागि अध्ययन, समीक्षा र कार्ययोजना तयार पार्ने जिम्मेवारी दिइएको थियो।

कार्यदलले हालसम्म भएका पूर्वाधार विकासका प्रयासहरूको अध्ययन तथा मूल्याङ्कन गर्नुका साथै तत्काल र दीर्घकालीन योजनाहरू समेटेर कार्ययोजना तयार पारेको जनाएको छ। साथै, विभिन्न तहका सरोकारवालाको भूमिका र समन्वयका विषयमा समेत सुझाव प्रस्तुत गरिएको छ।

कार्यदल गठनपछि २०८२ मंसिर ९ गते धनगढीमा बसेको पहिलो बैठकले विभिन्न निकायबाट बडिमालिका क्षेत्रसँग सम्बन्धित विगत तथा वर्तमान योजनाहरूको विस्तृत विवरण माग गर्ने निर्णय गरेको थियो।

कार्यदलले तयार पारेको कार्ययोजनाले बडिमालिका क्षेत्रको समग्र विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

ताजा खबर

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

Casino Bewertung App: Alles, was Sie wissen müssen

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

टीकापुर पार्क संचालनमा आएपनि पर्यटक भने न्युन

कैलालीको टीकापुर स्थित टीकापुर पार्क संचालनमा आएपनि दैनिक आउने पर्यटकमा भने कमी आएको छ ।टीकापुर पार्क संचालनमा आएको करिव एक महिना पुग्दै गर्दा समेत आन्तरीक

अझै पढ्नुहोस्

Αξιολόγηση παιχνιδιών και προσφορών με το ninecasino για τους παίκτες στην Ελλάδα

Αξιολόγηση παιχνιδιών και προσφορών με το ninecasino για τους παίκτες στην Ελλάδα Ποικιλία Παιχνιδιών και Πάροχοι Λογισμικού Ζωντανό Καζίνο και Εμπειρία Παιχνιδιού Προσφορές και Μπόνους

अझै पढ्नुहोस्
समाचार

अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा ६ जना महिलालाई सम्मानित

जमुना न्युरे,धनगढी /अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा कैलालीमा पत्रकार नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा याेग्दान पुर्याउँदै आएका नारी सम्मानित भएका छन्

अझै पढ्नुहोस्