सत्ता गठबन्धनमा कुनै समस्या छैन गृहमन्त्री लेखक

शेयेर गर्नुहोस


धनगढी/गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्त गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्धारा धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु देखिएका भएपनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए ।

बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पारे पनि सहमतीमा नै यो विषय आगाडी बढ्ने दावी गरे । ‘कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेले पनि ऋणका रुपमा भएपनि लिनुपर्छ नै नभनेका कारण दुवै दलबीच छलफल चलिरहेको छ त्यहि अनुसार सरकार अगाडी बढ्ने उनले बताए ।

मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गरे । मन्त्री फेर्न अधिकार प्रधानमन्त्रीमा निहित भएपनि आजको समय सम्म त्यसबारे कुनै कुरा नउठेको उनले दावी गरे ।

सरकार र मनत्रालयले गरेका कामको परिणाम विस्तार देखिन थालेकाले अहिले नै कुनै पनि मनत्री फेरिर्न सम्भावना नरहेको उनको भनाई छ । मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । ०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए । दिननै पिच्छे सरकार फेरिने हल्ला बजारमा यता–कता सुनिएपनि त्यो हल्ला मात्रै हो लेखकले भने ।

ताजा खबर

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

BetPlay Casino Mobile Play: Sessioni Veloci e Azione Crypto Immediata

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टिकापुरमा मनाईयो विश्व ओत दिवस

जमुना न्युरे,टिकापुर/कैलालीको टिकापुरमा नेपालमै पहिलो पटक विश्व ओंत दिवस मनाईएको छ । डब्लुडब्लुएफ नेपालले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा पहिलो पटक विश्व ओंत दिवश मनाएको हो

अझै पढ्नुहोस्
पर्यटन

कैलालीमा कोरोना पछि होमस्टेकाे प्रचलन बढ्दाे

जमुना न्युरे,सुखड/ कैलालीका ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होम स्टे एउटा राम्रो बिकल्प पनि हो । होम स्टेको छुट्टै

अझै पढ्नुहोस्