मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखियो

शेयेर गर्नुहोस


धनगढी/कैलालीमा एक बजारको नाम परिर्वतन गरिएको छ । जिल्लाको बर्दगारीया गाउँपालिका –४ मा पर्ने साविकको मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखिएको वडा अध्यक्ष जगत बहादुर शाहीले बताए ।

मुडा बजारको नामले यहाँ बस्ने हामीहरुको पनि बजारकै नामका कारण मजाक गर्ने र कुरा कुरामा नराम्रो सोचेर बोल्ने, मुडामा बस्नेहरु भनेर गिज्याउने भएकाले पनि बजारको नाम फेरिएको स्थानीय तथा साविकको मुडा बजारका अध्यक्ष धनमन सापकोटाले बताए । आफ्नै कार्यकालमा पनि नाम परिर्वतन गर्ने सोचेको तर त्यो बेला सबैको सहमति नभए पछि गर्न नसकिएको उनले बताए ।

यस्तै कोटागढी पुरानो नामका साथै शाब्दिक अर्थ समेत राम्रो भएको र यो पुख्यौली नाम पनि भएकाले नाम परिर्वतन गर्न आफुहरु सबैको सहमति भएको स्थानीय लेखा शर्माले बताइन् ।

साविक मुडा बजारको छैटौँ साधारण सभाबाट सबैको सहमतिमा बजारको नाम परिर्वतन गरेको र यस बाजरसँग सम्बन्धित अन्य कार्यालहरुमा पनि मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी राख्नको लागि अपिल गरेको वडा अध्यक्ष शाहीले बताए ।

ताजा खबर

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

BetPlay Casino Mobile Play: Sessioni Veloci e Azione Crypto Immediata

सम्बन्धितखवर

छुटाउनु भयो कि !