पथरिया र कर्णाली नदिमा घडियाल गोहीले बच्चा कोरले

शेयेर गर्नुहोस


धनगढी/कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन् । गत वर्ष एउटा घडियाल गोहीले पथरैया र काँढा नदीको दोभानमा बच्चा कोरलेको थियो । स्थानीय संरक्षणकर्मीका अनुसार यस वर्ष पथरैयामा दुई र कर्णाली नदीमा तीन स्थानमा गरी घडियालले १२४ वटा बच्चा निकालेका छन् । 

गत वर्ष घडियालले एक गुँडबाट ३५ वटा बच्चा निकालेको थियो । कर्णाली नदीमा चार वटा गुँड फेला परेकामा तीन वटा गुँडबाट मात्रै बच्चा निस्केको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए। उनका अनुसार तीन गुँडबाट ८४ जीवित बच्चा निस्केका छन् । तीन अन्डा बिग्रेका र १४ बच्चा मरेको अवस्थामा फेला परेको जनाइएको छ । पथरैया नदीमा तीन वटा गुँड फेला परेका थिए । तीमध्ये दुई वटा गुँडबाट मात्रै २८ वटा बच्चा निस्केका छन् । “घडियालले बच्चा निकाल्नका लागि गुँड भिरालो स्थानमा हुनु पर्छ,” उनले भने, “दुई गुँड अलि होचो स्थानमा भएकाले बाढीका कारण बच्चा निकाल्न सफल भएन ।”

वयस्क पोथी घडियालको लम्बाइ ३.५ देखि ४.५ मिटरसम्म हुने गर्छ । ९/१० वर्षको भएपछि पोथी घडियाल प्रजननका लागि परिपक्व हुने जनाइएको छ । पुस र माघमा ‘मिटिङ’ पछि पोथीले चैत वैशाखतिर अन्डा दिने गर्छ । घडियालले नदीकिनारको बालुवामा गुँड (खाल्डो) बनाएर त्यसमा एकै पटक करिब ४० वटासम्म अन्डा पार्ने गर्छन् । खाल्डोमा अन्डा पुरेर गोही फेरि जलाशयमा फर्कने गर्छन् । “बालुवामा तलमाथिबाट तापक्रम मिल्ने गरेर गोहीले गुँड बनाएका हुन्छन्,” संरक्षणकर्मी ढुङ्गानाले भने, “गुँडमा रहेको अन्डा आफैँ फुटेर ६० देखि ९० दिनको बिचमा बच्चा निस्कन्छन् ।” 

अन्डा आफैँ फुटेर निस्केका बच्चालाई माउले शरीरमा चढाएर पानीमा आहारविहार गराउँछ । वयस्क घडियालले ठुलो माछा र सानो बच्चाले सानो माछा खाने गर्छन् । लोप हुने अवस्थामा पुगेको घडियाल गोही नेपालमा थोरै सङ्ख्यामा रहेको बताइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घडियाललाई संरक्षित सरीसृप वन्यजन्तुको सूचीमा राखेको छ । यस वर्ष डल्फिन संरक्षित क्षेत्रको मोहना, पथरैया, कान्द्रा नदीमा १२ वटासम्म घडियाल देखा परिरहेको जनाइएको छ । डल्फिन पाइने यहाँका नदीमा घडियाल र मगर गोहीको बसोवास वर्षभरि नै हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Do Any Type Of Gambling Establishments Approve Bitcoin?

Winstorming with Winspirit Slot Machines: A Guide to Online Casino Games

Ricardos Luxury Slots Experience

Bananzia Speelautomaten voor Vrienden en Vijanden

Grote Slots Smash in het Casino

Fiestaslots: Slotmachine Speelgoed voor een Naleving van Spelen en Winningsregels.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कार्यबिधी नआउँदा लाखौं मुल्यका वन मै कुहिने भए काठ

धनगढी/वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा

अझै पढ्नुहोस्
समाचार

दोधाराचाँदनी मध्यवर्ती क्षेत्रमा वयस्क हात्ती मृत फेला

जमुना न्युरे,सुखड/कंचनपुर जिल्लाको दोधाराचाँदनी मा वडा ३ बडुवाल टोलमा वयस्क हात्ती मृत फेला परेको छ ।शुक्लाफाटा राष्ट्रिय निकुञ्जकाका प्रमुख मनोज शाहले भने हामिलाइ भर्खर हात्ती

अझै पढ्नुहोस्