TRENDING
Roulette Europe Free Spins: A Complete Guide
The Ultimate Guide to Live Roulette: Everything You Need to Know
Big Bamboo Demo Slot – новый игрок на рынке россияских онлайн‑казино
Next
Prev

दिगो विकासको लक्ष्य लिएर अब वातावरणको विकास गर्नु पर्छ :प्रदेश सचिब भट्टराई

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी ) तथा बिश्व रामसार सुचिमा रहेको घोडाघोडी तालमा
५१ औ बिश्व वातावरण दिवशको कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब प्रमोद भट्टराईले भने नेपालको सबिधानले पनि स्वच्छ वातावरणमा बाच्न पाउनु पर्ने हकलाइ मौलिक हकमा राखेर राज्यको तर्फबाट दायित्व दिएको छ ।

वातावरणको कुरा गर्दा बन कार्यलय कहिले काहीँ बिकास बिरोधि हुन भन्ने अर्थ लगाइन्छ , हामी बिकास बिरोधी होइनौ बिकास हुनु पर्छ ताकी दिगो बिकास हुनु पर्छ , हामिले वातावरणको सरक्षण सम्बर्द्धन सङै सदुपयोग गरिनु पर्छ । अन्य रामसार क्षेत्र भन्दा घोडाघोडि रामसार क्षेत्र बिकास गर्न सकिन्छ नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी ) पनि भएकाले त्यो अनुसारको कार्यक्रम ल्याउन आफुले पहल गर्ने , पुर्बपश्चिम राजमार्ग सङ्ग जोडिएको क्षेत्र भएकाले यस्को बिकास जुन गतिमा हुनु पर्ने हो त्यो गतिमा नभए पनि बिकाश भएकै छ ।थप बिकाश गर्न सक्छौ सरक्षण सम्बर्द्धन गर्दै स्थानीयको जिबिको पार्जन सङ्ग जोड्दै ब्यबस्थित बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले भने बिश्व वातावरण दिवस २०८१को
“हाम्राे भुमी, हाम्राे भविश्य “मुल नारा रहेको को छ , घोडाघोडी ताल सङै अतिक्रमणको चपेटामा परेको भजनी नगरपालिकाको वडा ७ मा रहेको पुरैना ताल पछिल्लो समयमा बनले अतिक्रमण हटाइ पुन ताल बनाउन वन कार्यलय लागि परेको छ ।


घोडाघोडी तालमा अहिले मिचाहा प्रजाती बेसरम हटाइउने कार्य थोरै भए पनि गरिएको छ , इको क्लब ,चोरिसिकारी नियन्त्रण , मगरगोहीको बासस्थान सुधार जस्ता सरक्षण काम गरि रहेको बताए , आज हामिले वातावरणको सरक्षण गरिएन भने भाबी पुस्ताले प्राकृतिक प्रकोप , जलवायु परिवर्तन जस्ता समस्या भोग्नु पर्ने भएकाले , हामिले एक रुख काट्दा १० रुख बृक्षारोपण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासघका नगर अध्यक्ष रमेश बस्नेत , इकोक्लब फोकल शिक्षक सयोजक भजन बहादुर शाहि , घोडाघोडी क्षेत्र सरक्षण सम्बर्द्धन तथा जनजागरण मन्च नेपालका अध्यक्ष हेम ब बम लगायत बक्ताहरुले बोलेका थियो ।डिभिजन वन कार्यलय पहलमानपुरको र घोडाघोडी क्षेत्र सरक्षण सम्बर्द्धन तथा जनजागरण मन्च नेपालको सहकार्यमा भएको कार्यक्रममा शिक्षक , सरक्षणकर्मी , सामुदायिक बनका पदाधिकारीहरु , विभिन्न सघं सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

डिभिजन वन कार्यलय पहलमानपुरका साहयक वन अधिकृत रबिना पन्थीको सभापतित्वमा भएको कार्यक्रम सन्चालन बिश्वनाथ देबकोटाले गरेका थिए ।

यस्तै भजनी नगरपालिका वडा ७मा रहेको अञ्जली सामुदायिक बनमा सामुदायिक समन्वय समिती भजनीले र घोडाघोडी नगरपालिका वडा १० पहलमानपुरमा
सामुदायिक समन्वय समिती पहलमानपुर
ले डिभिजन बन कार्यलय पहलमानपुरको आर्थिक सहयोगमा बिश्व वातावरण दिवश मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette Europe Free Spins: A Complete Guide

The Ultimate Guide to Live Roulette: Everything You Need to Know

Big Bamboo Demo Slot – новый игрок на рынке россияских онлайн‑казино

Safe Casino Repayment Techniques: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्ध तीन दिन तालिम सप्पन्न

धनगढी ,जमुना न्युरे / कैलाली जिल्लाको धनगढीमा प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम आज धनगढीमा सम्पन्न भएको छ । नेपालको सन्चार क्षेत्रमा

अझै पढ्नुहोस्