TRENDING

वन अतिक्रमण हटाउनका लागि आजैबाट काम सुरु गरौं : सभापति रावल

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/धनगढीमा भएको वन अतिक्रमण नियन्त्रण समन्वय समिती / वन क्षेत्र समन्वय बैठकमा कार्यक्रमको प्रमुख अतिथि आशन बाट बोल्दै अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीका सभापति माननिय मान बहादुर रावलले भने सुदूरपश्चिमको विभिन्न जिल्लाहरुमा भएको वन अतिक्रमण रोक्नका लागि वन कार्यलयले आजै बाट काम सुरु गर्नुपर्छ , सुरुवात मै रोकियो भने उनिहरु संगठित हुन पाउदैन ।


पछिल्लो समयमा कैलाली जिल्लाको वन अतिक्रमण दिन दुगुना रात चौगुनाले बढी रहेको छ , संस्थागत रुपमा हुने वन अतिक्रमण रोक्नका लागि स्थानीय पालिका , प्रदेश सरकारले जग्गाको सुनिस्चितता गरेर बजेट छुट्याउने गरेमा केही हद सम्म सस्थागत हुने वन अतिक्रमण रोकिने बताए ।
कैलाली जिल्लामा भएको वन अतिक्रमणको तथ्यांक अध्यावधिक गर्नुपर्छ १० बर्ष पहिलेको तथ्यांक राखिनु हुदैन ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब प्रमोद भट्टराईले भने कैलाली जिल्लामा हुने वन अतिक्रमण रोक्नका लागि बन मन्त्रालयलाइ सबैको साथ र सहयोग चाहिन्छ , डिभिजन वन कार्यलयले बनाएअको बाषिक कार्ययोजना अनुसार गर्नु पर्छ , अतिक्रमण हटाउनका लागि अग्रसर हुने कार्मचारिको मनोबल बढाउनका लागि मुल्यांकन गर्ने , आउने आर्थिक बर्षमा वन अतिक्रमणको तथ्यांक अध्यावधिक गरिने यो तथ्यांकलाई कसरी कम गरि वनको क्षेत्र बढाउन सकिन्छ त्यो खाएको कार्यक्रम ल्याइने बताए ।

कार्यक्रममा बोल्दै कैलाली जिल्ला प्रमुख अधिकारी धमेन्द्र मिश्रले वन अतिक्रमण हटाउदा राजनैतिक दबाब आउने गर्छन् तर हामिले काम रोक्नु हुदैन , स्थानीय तथा प्रदेश सरकारले वन कार्यलयलाइ स्रोत साधन दिनुपर्छ ।वन अतिक्रमण रोक्नका लागि समय छुट्यायर बस्ने होइन जति बेला पनि अतिक्रमण हटाउन तत्पर हुनु पर्छ ।

धनगढी उपमहानगरपालिका वडा ३का वडाअध्यक्ष राज बहादुर ऎरले भने वन कार्यलयले धनगढि उपमहानगरपालिका भित्र अतिक्रमण हटाइउदा पालिकाले स्रोत साधन दिने तयार रहेको , हामिले यो समन्वय बैठक पछि वन अतिक्रमण तथ्यांक घटाउछौ कि बढाउछौ , अतिक्रमण हटाउनको लागि अप्रेसन गर्न जरुरी छ ।
कैलाली जिल्लाको बसन्ता सरक्षित वन र कंचनपुरको लालझाडी सरक्षित वन पनि अतिक्रमणको चपेटामा परेको छ ।

कार्यक्रममा डिभिजन वन कार्यलय पहलमानपुर प्रमुख राम बिचारी ठाकुर , डिभिजन वन कार्यलय धनगढीका प्रमुख रामचन्द्र कडेल , डिभिजन वन कार्यलय कंचनपुरका प्रमुख भिम प्रसाद कडेल , राजनैतिक दलका प्रतिनिधिहरु लगायतका बक्ताहरु बोलेका थिए ।

कार्यक्रममा वन अतिक्रमण को अवस्था , वन अतिक्रमणको संबेदनसिलता , सस्थागत वन अतिक्रमण अवस्था , चुरे जस्तो संबेदनसिल क्षेत्रको अतिक्रमण तेसको प्रभाव आज सम्म वन कार्यलयले वन अतिक्रमण नियन्त्रणका लागि गरिएका प्रयासहरु जस्ता विषयमा प्रदेश वन निर्देशनालय धनगढी प्रमुख हेम राज बिष्टले कार्यपत्र पस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशका राजनैतिक दलहरु , सरोकारवाला निकाय , पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रदेश वन निर्देशनालय धनगढीको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती कैलाली निमित प्रमुख खगराज भुसालको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Slottica зеркало: как обойти блокировку в Казахстане

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेसनल प्याब्सन कैलालीको नवौँ जिल्ला अधिवेशन भोलि हुने

धनगढी । कैलालीमा नेसनल प्याब्सन कैलालीको नवौँ अधिवेश्न हुने भएको छ । गोदावरी नगरपालीका वडा नम्बर ४ स्थित ग्रीन गोदवारी रिसोर्टमा भोली शनिबार नेसनल प्याब्सन

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशकाे निर्वाचनमा कुनै पार्टी संग तालमेल नगर्ने

टीकापुर/नगरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सभा सदस्यकालागि कुनै दल संघ तालमेल र गठबन्धन नगर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले कुनै

अझै पढ्नुहोस्