घोडाघोडि नगरपालिकामा पनि चैते धान लगाउन आकर्षक हुँदै कृषिकहरु

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलालीको भजनीमा बर्सातमा आउने बाढिको लगाएको धानबाली नस्ट भएकाले चैत धान लगाउने गरेको पाइन्छ ।तेहि चैत धान लागाएको देखासिकी गरेर घोडाघोडी नगरपालिकामा पनि आजभोली चैत धान लगाउन किसानहरु आकर्षित भएका छ्न।

घोडाघोडी नगरपालिका वडा ८ दिपनगरका बुझाउन चौधरीले भने मेरो श्रीमतिले चैत धानको भात भजनिमा रहेका आफन्तको खाएको , मिठो स्वादिष्ट भए पछि घरमा आएर चैत धान आफुहरुले लगाउनु पर्‍यो भन्ने सुझाब दिएको बताए । चौधरीले भने आफुले तीन बर्ष देखि ५ कठ्ठामा चैत धान लगाउदै आएको , बर्खामा लगाइने धान भन्दा चैत धान खानाका लागि स्वादिलो र बढी फल्ने गरेको बताए ।


बर्खा लगाएको ५ कट्ठा जमिनमा बढिमा राम्रो बाली सप्रीयो भने ६देखि ७ क्वीन्टल फल्छ भने चैतमा लगाएको चैतेधान ५ कट्ठामा १०देखि १२ क्विन्टल सम्म फल्ने गरेको बताए ।तेस्तै घोडाघोडी नगरपालिका वडा ३नारायणपुरका मान बहादुर चौधरीले भने मैले पनि चैते धान यो बर्ष देखि ५ कट्ठा मा लगायको छु , उनले भने चैते धानमा पानी बढी चाहिने आकाशे पानीको भरले यो खेती हुन सक्दैन प्रयाप्त मात्रामा सिचाइ भएमा यो धान लगाउन सकिन्छ ,धान लगाए देखि धान पसाएर फुल खेल्ने समय सम्म प्रत्येक दिन सिचाइ गर्न अनिवार्य पर्ने बताए ।

यसरी धान सिचाइका लागि पानी आवश्यक पर्ने हामिले अहिले बोरिङ ,ठूलो मोटर , नदिको पानी सिचाइको रुपमा प्रयोग गरेका छौ ।यसरी खेती गर्दा आम्दानी पनि हुने २ बाली धान र एक बाली तोरि लगाइन्छ ,खेती बाझो हुदैन उनले भने

घोडाघोडी नगरपालिका भरी ९० जना किसानले चैते धान लगाएका छ्न ।पालिका भरी ५ सय २१ कट्ठामा चैते धान रोपेका छन

चैते धान रोप्ने कृषकहरूलाई नगरपालिकाले अझ लगाउनेको संख्या वृद्धि गर्न घोडाघोडी नगरपालिका कृषि साखाले प्राबिधिक उपकरण तथा थोरै भए मात्रा आर्थिक सहयोग गरेको कृषि शाखा प्रमुख जनक सिंह धामीले जानकारी दिए ।

किसानलाई चैते धान खेतीमा प्रोत्साहन वृद्धि गर्नको लागी शाखाले सानो भएता पनि नगदले सम्मान गरेको उनले बताए । शाखाले पालिका भरी चैते धान रोप्ने कृषकहरूको तथ्याङ्क सङ्कलन गरेको उनले बताएका छन् । यसले गर्दा कृषकहरूमा चैते धान खेतीको उत्पादन बढाउने र उत्पादन बढाउनमा सघाउन पुग्ने उनले विश्वास लिए ।

बाहिर बाट आयात हुने मसिनो धानलाई रोक्नको लागी नगरपालिका लागी परेको उनले बताएका छन् । जमिन बाँझो राख्ने क्रम बढेपछि ठुलो परिमाणमा भारतबाट चिउरा र चामल आयात गर्नुपर्ने बाध्यता भएकाले चैते धान प्रवर्द्धन गरिएको कृषि शाखा प्रमुख जनक सिंह धामीले बताए । घोडाघोडी नगरपालिकाले मसिनो धान बाली प्रवर्धन लागी विभिन्न कृषक सहकारीहरूलाई अनुदानमा कृषि सामाग्री वितरण गर्दे आएको छ ।

ताजा खबर

Overview – 1125

hadesbet Guide

Company Update – 6757

Test rest

Casinos Online en España Reseñas, bonos y guía de juegos PokerNews

Ekspertowa recenzja Casino Online Opinie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नवजीवन सहकारीले कृषी उप आयोजना अन्तर्गतको राइस मिल (प्लान्ट) को पनि उद्घाटन

धनगढी: धनगढी स्थित देशकै अग्रणी सहकारी नवजिवन सहकारी संस्था ३२ औँ बर्षमा प्रवेश गरेको छ । धनगढीमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले आज एक कार्यक्रमका बिच

अझै पढ्नुहोस्
समाचार

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता

अझै पढ्नुहोस्