परशुराम साहित्य महोत्सव २०८१’ सुरु

शेयेर गर्नुहोस

धनगढी/डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ सुरु भएको छ । धाममा दुई दिने साहित्य महोत्सव सुरु भएको हो ।

साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको संरक्षणका साथै हिन्दूहरूको पवित्र धार्मिकस्थल परशुरामधामको प्रचारप्रसारका लागि साहित्य महोत्सव आयोजना गरिएको आयोजक परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए ।

स्कन्द पुराण र लोकोक्तिका आधारमा परशुराम नगरपालिकासँग गौरवपूर्ण इतिहास छ,´ उनले भने,सीमापारि रहेको भारतको पूर्णागिरि धार्मिक पर्यटनका हिसाबले निकै प्रचारमा छ । त्यहाँ बर्सेनि ५० लाखभन्दा बढी धार्मिक पर्यटकले भ्रमण गर्ने गरेको सुन्नमा आउँछ । तर त्योभन्दा बढी धार्मिक महत्वको परशुरामधाम प्रचार प्रसारको अभावमा ओझेलमा छ । सोही कारण नगरपालिका भौतिक विकासका साथै यहाँको सांस्कृतिक मूल्य, सामाजिक सद्भाव र ऐतिहासिक धरोहरहरूको संरक्षण गर्न साहित्य महोत्सव सुरु गरेका हौं ।´

महोत्सवको माध्यमबाट यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास हुने उनको अपेक्षा छ ।महोत्सव अवधिमा वारिको परशुरामधाम र पारिको पूर्णागिरि, उद्यम र उद्यमशीलता, सुदूरमा शिक्षा र स्वास्थ्यका सकस, काव्यमा अन्तरपुस्ता संवाद, गाउँमै सिंहदरबारः कति नारा कति यथार्थ, आख्यानको वरिपरि र पहाडी रानी डडेल्धुराः सम्भावनाको खानी परशुराम लगायतका सत्रमा विमर्श भइरहेको छ ।

ती सत्रमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका कवि, साहित्यकार, सञ्चारकर्मी र संस्कृतिका विशिष्ट अध्येताहरूसहित भारतबाट धार्मिक व्यक्तिहरू विमर्शमा सहभागी छन् ।

यस्तै महोत्सवको उद्घाटन कार्यक्रममा गुगुल्टीका सम्पादक वीरबहादुर चन्द विश्राम कञ्चनपुर, परशुराम पौराणिक आख्यानका लेखक किरण आचार्य नेपालगन्ज, जनक रसिक दोरीका लेखक कैलाली, कसन कविता सङ्ग्रहका लेखक गणेशबहादुर नेपाली कैलाली, गजलकार निर्माला बोगटी विष्ट डडेलधुरा, पत्रकार डी आर पन्तलाई सम्मानित गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव हरि लम्साल, नेपाली काङ्ग्रेस डडेल्धुराको सभापति तथा परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउद, माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुन विशिष्ट अतिथि थिए ।

ताजा खबर

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

सालको गोलिया बोकेको दुई मोटरसाइकलसहित एक पक्राउ

Feinste Online Casino Zahlungen: Ihr Leitfaden zum großen Gewinn

सम्बन्धितखवर

छुटाउनु भयो कि !

สู่โลกแห่งแจ็คพอต: พจนานุกรมคาสิโนสมัยใหม่สำหรับคนรักความบันเทิงในปีใหม่

การเริ่มต้นปีใหม่เป็นช่วงเวลาที่ผู้เล่นหลายคนมองหาโอกาสใหม่ ๆ ในการทำกำไรและสนุกสนานกับเกมคาสิโนออนไลน์ ความตื่นเต้นของการหมุนวงล้อและความหวังว่าจะได้ยินเสียง “แจ็คพอต!” กรีดร้องออกมานั้นทำให้หัวใจเต้นเร็วขึ้น บทความนี้จัดทำขึ้นเพื่อให้คุณเข้าใจทุกมุมมองของแจ็คพอต ตั้งแต่พื้นฐานจนถึงเทคนิคขั้นสูง ที่จะช่วยให้คุณพร้อมลุยในปี 2024 อย่างมั่นใจ หากต้องการข้อมูลเพิ่มเติมเกี่ยวกับเกมและโปรโมชั่นล่าสุด คุณสามารถเยี่ยมชมเว็บไซต์ของ Puechkaset ที่ให้ข้อมูลอัพเดทเกี่ยวกับคาสิโนออนไลน์ได้ที่ https://puechkaset.com/ เราจะพาคุณไปสำรวจคำศัพท์สำคัญ การคำนวณโอกาส และเคล็ดลับการจัดการเงิน เพื่อให้คุณมีอาวุธครบมือเมื่อกดสปินครั้งต่อไป 1. ทำความเข้าใจพื้นฐานของ “แจ็คพอต” แจ็คพอต (Jackpot)

अझै पढ्नुहोस्