सरकारमा सहभागी हुन प्रधानमन्त्रीको नागरिक उन्मुक्ति पार्टीलाई आग्रह

शेयेर गर्नुहोस


टीकापुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
शनिबार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सहितका नेताहरुबिच भेटवार्ता क्रममा प्रधानमन्त्री प्रचण्डले साे प्रस्ताव राख्नुभएको हाे ।


भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई केन्द्रमा एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका हुन । छलफलमा सहभागी नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता एवम् टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले भेटवार्ता सकारात्मक भएको बताउनुभयाे । फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको नेता थारुले जानकारी दिनुभयाे ।


नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको नगर प्रमुख थारुले बताउनुभयाे । यद्यपि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा पार्टीमा अझै छलफल गर्न बाँकी रहेको समेत उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सालको २३ थान गोलिया ५ थान चिरान बरामद

धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका न वडा १५ उर्मा गाउँ बाट २३ थान सालको गोलिया ५ थान सालको चिरान आज दिउँसो ३बजे बरामत गरियको

अझै पढ्नुहोस्