सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री शाही मन्त्रालयबाट बिदा भए

शेयेर गर्नुहोस

धनगढी/मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीबाट बर्खास्त गरेपछि सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही मन्त्रालयबाट विदा भएका छन् । मन्त्रालय छोड्दै गर्दा शाहीले पत्रकार सम्मेलन गरे । शाहीले १४ महिना काम गर्ने अवशर पाउँदा निकै सुधार ल्याएको दावी गरे । उनले १४ महिना काम गर्ने अवसर प्राप्त दिइएकोमा आफ्ना मतदाता लगायत सबै पक्षलाई आभार व्यक्त गरे।

उनी गत वर्ष माघ २७ गते मन्त्रीमा नियुक्त भएका थिए। उनले एक वर्ष बजेट ल्याउने अवसर पनि प्राप्त गरे। एकीकृत समाजवादी पार्टीबाट आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका उनले करिब १४ महिनामा केही महत्त्वपूर्ण उपलब्धि पनि भएको दाबी गरे । आफूले बजेट ल्याउँदा अनुत्पादक क्षेत्रको बजेटलाई निरूत्साहित गरेको शाहीले बताए। यस्तै घाटा बजेट पनि नकारेको बताए। विगतभन्दा आर्थिक वृद्धिदर पनि बढाएको उनको भनाइ छ। आफ्नो कार्यकालमा १५ वटा ऐन नियमावली बनेको उनले जानकारी दिए।

सुदूरपश्चिम सरकारबाट बाहिरिँदा केही दुस्ख लागेको छैन, अब अर्कोले जिम्मेवारी लिन्छ, प्रदेशको विकासका विषयमा जिम्मेवारी लिने खटिएर काम गर्नुपर्छ,’ उनले भने, ‘छाती फुलाएर गर्वका साथ बिदाइ हुन पाउँदा खुसी लागेको छ।’ आज नै सरकारलाई दिएको सर्मथन एकीकृत समाजवादी पार्टीले फिर्ता लगेको छ।

ताजा खबर

Casinot Casoolas Spelautomater – Ett Välkänt Kasino för Spelare

Yukon Gold Casino – Die Suche nach dem goldenen Glück

Glücksspiel in den Tiefen der Karibik bei Bonanzino Casino

Luck and Fortune at Glorion Casino

Big Wins Casino Classic Slot Machine Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !