ठेकेदारको कारण जनप्रतिनिधि कुटिने अवस्था छ :नगरप्रमुख रावत

शेयेर गर्नुहोस

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावलले ठेकेदारका कारण जनप्रतिनिधि कुटिने अवस्था सिर्जना भएको बताएका छन् ।

शनिबार घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा भएको ‘विकासका क्षेत्रहरूको पहिचान: स्थानीय निकायको नीतिनिर्माण तथा कार्यान्वयन र उच्च शिक्षा प्रदायक संस्थाको क्षमता अभिवृद्धि सम्बन्धी गोष्ठी’ मा बोल्दै नगर प्रमुख रावतले सो कुरा बताएका हुन् । उनले पछिल्लो समय जनप्रतिनिधिहरूले काम नगरेको भन्दै चर्को आलोचना हुने तथा गाली खानु पर्ने अवस्था ठेकेदारका कारण सिर्जना भएको बताएका हुन ।

नगर प्रमुख रावतले भने, ‘ जनप्रतिनिधिले योजना निर्माण गर्छन, बजेट विनियोजन गर्छन । त्यसपछि कार्यान्वयनका लागि टेन्डर प्रक्रियाबाट अगाडि बढाइन्छ । जब टेन्डर पर्छ त्यसपछि ठेकेदार बेपत्ता हुन्छन् अनि जनप्रतिनिधिले केही गर्न सकेन, वडा अध्यक्ष, उपमेयर, मेयर, माननीयले केही गरिदिएन भनी हामी माथि धारे हात लगाउने अवस्था सिर्जना भएको छ । यदि यही अवस्था रह्यो भने टोलटोलमा जनप्रतिनिधि कुटिने अवस्था छ ।’

कार्यक्रममा उपस्थित राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालको ध्यानाकर्षण गराउँदै रावतले टेन्डर प्रक्रियालाई सुधार गर्न र ठेकेदारले समयमै काम गर्ने वातावरण बनाउनतर्फ राष्ट्रिय योजना आयोग लाग्नु पर्ने बताएका छन् । साथै उनले चुरेभावर क्षेत्र चिराचिरा परिसकेकाले यसको संरक्षण गरि पर्यटक भित्र्याउन कुरामा समेत राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको ध्यानाकर्षण गराएका थिए । यसका साथै उनले घोडाघोडी नगरपालिकामा निर्माणाधीन नगर अस्पताल अलपत्र छाडी ठेकेदार बेपत्ता भएको र आर्थिक अभावका कारण पनि अस्पताल निर्माण हुन नसकेको बताएका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश निती तथा योजना आयोगका सदस्य दिपिका भट्ट, घोडाघोडी नगरपालिकाका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधिहरू र घोडाघोडी बहुमुखी क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

ताजा खबर

The Ultimate Guide to 100 rs Deposit Casino: Everything You Need to Know

Polska ruletka online: wszystko, co musisz wiedzieć

Die effektivsten Online-Casino-Dienste: Ein umfassender Leitfaden zur Selektion der perfekten System

The Ultimate Guide to Online Roulette Casinos

Cascaderende winsten op de speelautomat

Cassinos que Aceitam Pix: Tudo o Que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Αξιολόγηση ρίσκου και ασφάλειας μέσω του ninecasino για στοιχηματική διαφάνεια

Αξιολόγηση ρίσκου και ασφάλειας μέσω του ninecasino για στοιχηματική διαφάνεια Αναλυτική Επισκόπηση των Μέτρων Ασφαλείας του Ninecasino Πολιτική Απορρήτου και Προστασίας Δεδομένων Διαφάνεια στις Συναλλαγές

अझै पढ्नुहोस्