कैलाली चितुवाको छाला सहित ४ जना पक्राउ

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको गोदावरी न.पा. वडा नं. ०२ अत्तरिया तर्फ अवैध किसिमको चितुवा को छाला ओसार-पसार भईरहेको छ ।

बिषेश सुचनाको आधारमा आर आई टी र ई.प्र.का. मालखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ०२ तेघरी खानेपानी ट्याङ्की नजिक सडकमा पुग्दा बुडरबाट धनगढी तर्फ आएको सु.प.प्र. ०४-००१ च ०००६ नं. बोलेरो जिपमा सवार रहेका समातियको हो ।

जिल्ला डोटी जोरायल गा.पा. वडा नं. ०२ बस्ने समिर ओलीले चलाएको उक्त बोलेरो जिपको बिचको सिटमा जिल्ला कैलाली चुरे गाउपालिका वडा नं. ०६ बस्ने टेक बहादुर रावत, ऐ.ऐ. बस्ने धिरेन्द्र रावत बसेको, निजहरु बसेको बिच भागमा सेतो प्लाष्टिक कट्टा खोली हेर्दा चितुवा को छाला थान-१ र हड्डीहरु फेला परेको हो ।

उक्त जिपको अगाडी सिट बसेका जि. बैतडी डिलासैन गा.पा. वडा नं. ०२ बस्ने राजेन्द्र सिंह भण्डारी समेत ४ जनालाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछको क्रममा मिति २०७९।०४।१९ गते रातीको समयमा समिर ओलीले बुडरबाट बोलेरो जिप चलाई ल्याई फल्टुडेमा चितुवाको छाला र हड्डी सहित टेक बहादुर रावत र धिरेन्द्र रावतले उक्त सवारी साधन प्रयोग गरी चितुवा को छाला ओसार पसारमा सहयोग पुर्याटउने चालक समिर ओली र राजेन्द्र सिंह भण्डारी समेतको मिलोमतोमा अत्तरिया तर्फ बिक्री गर्ने उद्देश्यले ल्याउने क्रममा समातिको हो ।

बिषेश सुचनाको आधारमा उक्त गाडीमा भएका ४ जना र टाउको देखी पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाई ३ फिट २ ईन्च, चौडाई २ फिट २ ईन्च भएको चितुवा को छाला र प्लाष्टिकको कट्टा सहित हड्डी २ के.जी. रहेको उक्त दशिको माल सामान रितपुर्वक बरामद गरी निजहरुलाई ई.प्र.का. मालखेती ले डिभिजन वन कार्यालय कैलाली पठाइको छ।

उक्त चितुवाको छाला बारेमा थप अनुसन्धान गरि कानुनी प्रक्रिया गइ बन ऎन अनुसार कारबाही हुने डिभिजन बन कार्यलय कैलालीका प्रमुख केशव राज पराजुलीले जानकारी दिनुभयाे ।

ताजा खबर

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रशान्तले पाए दुई लाख अमेरिकी डलर बराबरको फेलोशिप

नेपालका युवा संरक्षणकर्मी प्रशान्त घिमिरेले जैविक विविधता संरक्षण क्षेत्रमा प्रतिष्ठित “स्मिथ फेलोशिप” पाउने पहिलो नेपाली बनेका छन्। यो फेलोशिप Society for Conservation Biology द्वारा प्रदान

अझै पढ्नुहोस्