मेलमिलाप सम्बन्धि तालिम सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/ कैलाली जिल्लाको गौरीगंगा नगरपालिका न्यायिक समिती चौमाला,कैलालीको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको प्राबिधिक सहयोगमा सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम चौमालामा सुरु भएको छ ।

न्यायिक समिती सदस्य मदन नेपालीको सभापतित्वमा सुरु भएको उद्द्घाटन कार्यक्रमका विशिष्ट अतिथि गौरीगंगा नगरपालिका प्रसासकिय अधिकृत हरि प्रसाद भट्ट,उप-सचिब हरिस पन्त,नगर स्तरीय मेलमिलाप संयोजक हेमन्त राज जोशी(बाजे) लगायत रहनु भएको थियो।कार्यक्रममा बोल्ने बक्ता हरुले स्थानीय स्तरमा हुने सानातिना झै-झगडा र बिबादहरुको त्यही समुदायमा मेलमिलापकर्ता हरुको सहजीकरणमा दिगो समाधान गरि समाजमा सान्ती,सौहार्द,भाईचारामा अभिबृद्दी गर्न मेलमिलापकर्ताहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन ।

तालिममा गौरीगंगा नगरपालिका १-११ वटा वडा बाट २५ जना सहभागी रहेका छन। तालिममा सर्बोच्च अदालतको मेलमिलाप परिषदले तयार पारेको पाठ्यक्रमका आधारमा विभिन्न विषय अन्तर्गत विवाद र यसको स्वरुप,बिबादका श्रोत तथा कारण,विवाद बढने चरण,समाधानका बैकल्पिक उपायहरु,मेलमिलापकर्ता हरुको गुण तथा भुमिका,सहजीकरण सिप,सोधपुछ वा प्रश्न गर्ने सीप लगायतका विषयहरु सिकाईनेछ।

बैशाख ११ गते सम्म संचालित उक्त तालिमको सहजी करण अधिबक्ता रोहित देउवा र गणेश कडायतले गर्नु
भएको छ भने उक्त कार्यक्रमको संचालन कानुन अधिकृत जयन्द्र ठकुल्लाले गर्नु भएको थियो।

ताजा खबर

Nowoczesne zakłady bukmacherskie z betclic oferują szerokie możliwości wygranych dla fanów sportu

La Experiencia de Riesgo en Need For Spin Casino

Spinnris Kasinot – En Upplevelse Att Vänta På Lyckan

Lucky Gem Casinos – Glücksspiel mit Edelsteinen

Apostas de Roleta Dinheiro Real: Dicas dos Especialistas em Cassino

Winning Big at the Happy Jokers Casino Slots Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !