भजनीमा स्वास्थ्यकर्मीहरूकाे दबाबमुलक कार्यक्रम

शेयेर गर्नुहोस


जमुना न्युरे,भजनी  /भजनी नगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् । उनीहरुले मंगलबार देखि शुक्रवार सम्म भजनी नगरपालिकामा कार्यरत कर्मचारी हरुले हातमा कालो पट्टी बाधेर कामकाज गर्दै छन् ।

भजनि नगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरुले मङलबार देखि सार्बजनिक बिदाको दिन बाहेक भजनी नगरपालिका प्रशासन शाखामा हाजिरी गरि नगरपालिकाको प्रांगणमा जम्मा भइ कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा संचालन गरिएका कार्यक्रमहरुको प्रतिबेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र कुनै पनि औपचारिक कार्यकममा नजाने लगायतका अन्य सेवाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीहरु सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख छ ।

सघिय सरकारको निजामती कर्मचारी ऎन २०७५ अनुसार कर्मचारी समायोजन भै भजनी नगर पालिकामा आयका कर्मचारीहरुलाइ अहिले उपनगरपालिकाले आज आज भन्दाभन्दै ४ महिना देखि पारिश्रमिक रोकि दिएको छ।

ज्ञापन पत्रमा भनिएको छ नेपालको संविधान, २०७२ द्वारा प्रत्याभूत मौलिक हक अन्तर्गत स्थानीय तहको अधिकार सूचीमा रहेको आधारभूत स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत कर्मचारीहरुले यति लामो अवधिदेखि पारिश्रमिक लगायत कुनैपनि सेवा सुविधा नपाउँदा श्रम ऐन अन्तर्गतको प्राथमिक दायित्व बहन गर्नपनि स्थानीय सरकार चुकेको अनुभूति भएको छ।न.पा. बाट तलब सुविधाको ग्यारेन्टी सहित दिइएको सहमतीको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरिएको समायोजन संशोधन बमोजिम ३/४ वर्ष अघि पदस्थापन भई कार्यरत स्थायी कर्मचारीहरुलाई दरबन्दी भन्दा बढि भएको भन्दै तलब भूक्तानी गर्न बन्द गरिएको विषय सभ्य समाजका लागि लज्जाको विषय हो ।

यता भजनी नगरपालिका स्वास्थ्य साखा प्रमुख कैलाश चौधरीले आफुहरुले पटक पटक नगरपालिकाको प्रशासन साखा , मेयर र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार र समस्या रहेको जानकारी गरायको भय पनि मन्त्रालयले नै कुनै समस्या प्रती गम्भीर चासो नदिएको बताए ।

नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत ४ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् ।
बिगत ४ महिना देखि सेवासुविधा नपाउदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाई छ ।

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !