धनगढीमा ७० लाखको लागतमा नेगी बुक्स प्लानेट संचालनमा

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस चोकमा नेगी बुक्स प्लानेट खुलेको छ। नेगी ट्रेड एण्ड सप्लायर्सका संचालक नरबहादुर नेगीले ७० लाखको लागतमा नेगी बुक्स प्लानेट संचालनमा ल्याइ आफ्नो सेवा बिस्तार गरेका हुन् । बिहिवार एक समारोहका बिच सो नेगी बुक्स प्लानेटको उद्घाटन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सञ्जयकुमार चौधरीलेले गरेका हुन्।

सप्लायर्सका सञ्चालक एवं पुस्तक व्यवसायी नेगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका प्रदेश अध्यक्ष मेखराज दहाल, केन्द्रीय सदस्य शम्भु लामिछाने, प्रदेश सल्लाहकार एवं पूर्व कैलाली जिल्ला अध्यक्ष वेदप्रकाश चुवाई, नेकपा एमालेका नेता कर्णबहादुर कुँबर , नेपाली कांग्रेसका कैलाली क्षेत्र नम्बर ५का क्षेत्रीय सभापति भीम पडाल लगाएतको उद्घाटन समारोहमा सहाभागीता रहेको थियो ।

धनगढीमा पुस्तक तथा स्टेसनरी व्यवसाय गर्दै आएका नेगीले क्याम्पस चोकमा दोस्रो शाखा विस्तार गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि चौधरीलगायत अतिथिले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए।

नेगी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक नेगीले इमानदारीपूर्ण संघर्षले पुस्तक तथा स्टेसनरी व्यवसायमा स्थापित हुने अवस्थामा पुगेको बताएका छन्। पुस्तक पसलमा स्कुल, कलेज, लोक सेवा तयारी, साहित्यिक र धार्मिक क्षेत्रका पुस्तक पाइनुका साथै खेलकुद र प्रयोगशाला सामग्री तथा वाद्ययन्त्र सुपथ मूल्यमा ग्राहकले प्राप्त गर्ने व्यवसायी नेगीले बताएका छन्।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष चौधरीले कोभिडका कारण पुस्तक व्यवसायी पनि प्रभावित भएको उल्लेख गर्दै पुस्तक व्यवसायीहरूलाई प्रिन्ट मूल्यमा पुस्तक बिक्री गर्ने नीति पालन गर्न आग्रह गरेका थिए।

ताजा खबर

Comprehending ESA Letters in Rhode Island

Top Online Online Casinos That Approve Bitcoin Down Payments

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Пин Ап скачать официально: как выбрать безопасную версию в Казахстане

В Казахстане онлайн‑казино растут быстрее, чем снежные кочевки в Алакольском горах.Среди множества приложений появляется один, который привлекает внимание не только широтой слотов, но и надёжностью.Это

अझै पढ्नुहोस्

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्