इजाजत प्राप्त हातहतियार चैत मसान्तभित्र बुझाउन प्रशासनकाे आग्रह

शेयेर गर्नुहोस

टीकापुर/ जिल्ला प्रशासन कार्यालय कैलालीले चैत मसान्त भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत प्राप्त हातहतियारहरु २०७८ चैत मसान्तसम्म बुझाउन आग्रह गरेको हो । जिल्ला भित्र रहेका हातहतियारहरु नजिकको प्रहरी इकाइमा बुझाउन हातहतियार धनीलाई अनुरोध गर्ने चैत १० गते केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको थियो ।

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको हो । निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

ताजा खबर

Ideale Authentisches Geld Online Casino: Ein Umfassender Leitfaden

Free Rotates Bonus Offer: A Comprehensive Overview

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

सम्बन्धितखवर

छुटाउनु भयो कि !