धनसिंहपुर प्रवासी युवा समितिद्वारा स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/धनसिंहपुर प्रवासी युवा समितिद्वारा धनसिंहपुर स्वास्थ्य चाैकीलाइ एम्बुलेन्स हस्तान्तरण गरेकाे छ ।

मंगलबार कैलालीको टीकापुर ८ का प्रवासी युवाहरुकाे आर्थिक सहयाेगमा खरिद गरिएको एम्बुलेन्स धनसिंहपुर प्रवासी युवा समितिद्वारा धनसिंहपुर स्वास्थ्य चाैकीलाइ हस्तान्तरण गरिएको हाे ।

धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओम बहादुर साउदकाे अध्यक्षतामा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियाे ।

समाजसेवी टेक बहादुर साउदकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला र साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंग बहादुर साउद विशिष्ट अतिथि रहनु भएको थियोे ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य भिम वि.क., त्रिभुवन मा.वि.बटनपुरका प्र अ रवीन्द्र कठायत, नेपाल रेडक्रसका जिल्ला सदस्य भिम महर, नेपाली कांग्रेस शेर बहादुर साउद, समाजसेवी मीन बहादुर कठायत, स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले शुभकामना मन्तव्य राख्नुभएको थियाे । भने कार्यक्रम संचालन अरुण वि. क. ले गर्नुभएको थियाे ।

विभिन्न देशमा राेजगारीका लागि गएका साविक धनसिंहपुर गाविसका युवाहरुले एम्बुलेन्स खरिदका लागि आर्थिक सहयाेग गरेका हुन ।

आर्थिक सहयाेग गर्नेहरुमा टीकापुर नगरपालिका वडा नं. ८ का ओम बहादुर साउद रू १ लाख १५ हजार ५ सय, दिपक वि क रू ७३ हजार , मनाेज साउद रू ५२ हजार, टंक साउद रू ६२ हजार, नवराज साउद रू ६३ हजार, हेमन्त साउद रू ५३ हजार, उमेश साउद रू ४२ हजार, सुरेन्द्र साउद रू ५२ हजार, प्रेम वि क रू ४० हजार, प्रेम ठकुल्ला रू ५२ हजार ५ सय, नवराज साउद रू ६३ हजार ५ सय, विजय साउद रू ५२ हजार ५ सय, अशाेक साउद रू ५० हजार, सन्जित चौधरी रू ६२ हजार ५ सय, सुरेश साउद रू ६२ हजार ५ सय, समीर साउद रू ५२ हजार ५ सय, सुजित साउँद रू ६२ हजार ५ सय, शिव परियार रू ५२ हजार ५ सय, धिरज साउद रु ५५ हजार ५५५, यम बहादुर साउद रू २१ हजार, धर्मा साउद रु१५ हजार र सन्ताेष विश्वकर्मा लगायत २२ जनाले रू २० हजार गरि जम्मा रू ११,७६,०५५/ सहयाेग गरेका थिए ।

ताजा खबर

Online Casino Slots

Top Online Gambling Establishments that Accept Bitcoin Deposits: A Comprehensive Guide

Free Casino Slot Games – Tips on Playing Slot Machines For Free

Najboljše Spletne Igralniške Strani, ki Sprejemajo Bitcoin Vloge

Ideal Mobile Online Casino Sites: Where the Exhilaration Fulfills Convenience

Finest Neteller Casino Sites Online: Top Izbori za Varen in Udoben Betting

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Το Πιο Αποτελεσματικό Διαδικτυακό Καζίνο Τυχερών Παιχνιδιών Που Δέχονται Bitcoin

Τα τελευταία λίγα χρόνια, η δημοτικότητα του Bitcoin αυξήθηκε, επομένως και η χρήση του σε πολυάριθμους αγορές, που περιλαμβάνει την διαδικτυακή στοίχιση.Το Bitcoin προσφέρει στους

अझै पढ्नुहोस्
Highlights

कान चेकजाँच शिविर सम्पन्न

जमुना न्युरे,गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमालामा१ दिने नि:शुल्क कान चेकजाँच शिबिर सम्पन्न भएको छ। गौरीगंगा नगरपालिका वडा नं-२ को कार्यालयको समन्वयमा

अझै पढ्नुहोस्