होमस्टेको प्रचारप्रसार गर्न भादा महोत्सव

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी / ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होमस्टे एउटा राम्रो बिकल्प पनि हो । होमस्टेको छुट्टै बिषेशता छ । पाहुना सत्कार,सस्कृति झल्कने परम्परागत शैलि ,रहनसहन,बोलि भाषा होमस्टेमा पुगे नजिक बाट नियाल्न पाइन्छ ।

पर्यटन प्रवद्र्धन संगै आर्थिक रुपान्तरण गर्नमा पनि होमस्टे सफल भएको पाइन्छ । कैलालीको जिल्लाको पहिलो होमस्टे धनगढी उपनगरपालिका वडा न १६ मा सञ्चालन भएको भादा होमस्टे पनि पर्यटन प्रबद्धन गर्न सफल भइरहेको छ । तराई भु -परिधी कार्यक्रम तालको सहयोगमा २०६७ साल जनवरी १ मा उदघाटन गरिएको भादा होमस्टे लाई सञ्चालनमा आएको हो ।

स्थानियको सहभागिता बिना संरक्षण सम्भब नभएकाले संरक्षणमा स्थानियको सहभागीता गराइ आय आर्जनमा टेवा पुर्याउनका लागी होम स्टे सञ्चालनको अवधारणा ल्याइएको भए पनि कैलाली जिल्लाको पहिलो होमस्टे भए पनि बिकाशमा तेति फड्को मार्न बिबिध कारणले नसकेको अवस्थामा त्यसको प्रचारप्रसार तथा प्रबर्द्धन गर्न थारु समुदायको सस्कृती ,खानपान ,भेषभुषा ,सिपकला प्रकृतिक सम्पदाको सदुपयोग एवम् जर्गेणा गर्ने उदेश्यलेबिगत ११बर्ष देखि भादा महोत्सव लगाउदै आयको होमस्टे सचालक समितिका अध्यक्ष लक्ष्मिनारायण चौधरीले बताए ।


स्थापना गर्दा १५ ओटा घर बाट सुरु गरिएको होमस्टे हाल ५ घरमा थप गरि २० घरमा सञ्चालन भइरहेका छन । भादा होमस्टे पुगे थारु परम्परागत मौलिक कला सास्कृतिक धनि , खाना, बास बस्न संगै लोपोन्मुख, आगन्तुक तथा रैथाने चराहरु समेत अवलोकन गर्न पाइन्छ ।

धार्मिक तथा पर्यटनको दृष्टिले महत्वपुर्ण मानिएको बेहेडाबाबा मन्दिर , विभिन्न तालहरु, बसन्ता जैविक मार्ग संगै जोडिएकाले जहाँ चराचुरुङ्गी बन्यजन्तु को भारतीय दुधुवा नेसनल पार्क हुँदै कर्तरनिया बन्यजन्तु सेन्चुरी हुँदै कर्णाली कोरिडोर हुँदै चुरे भाबर बाट बसन्ता जैविक मार्गमा ओहोरदोहोर गरिरहेका हुन्छन् । भादा होमस्टेमा कृषि पर्यटन प्रसस्त धनी रहेको जहाँ नुन र चिनि मात्र बजार किन्न गइन्छ अरु आफैले गाउमा उत्पादन गरिन्छ जहाँ रैथाने , मौलिक खाना खुवाइन्छ , आत्मनिर्भर कृषि प्रणाली रहेको होमस्टे सचालक घर न २का पुनाराम चौधरीले बताए ।

भादा होमस्टेमा भारत ,अमेरिका ,फ्रान्स ,जापान , अस्टे्रलिया लगायत मुलुकहरु बाट बाहय पर्यटक र आन्तरिक पर्यटनहरु आउने गर्दछन । यो होमस्टेमा ४सय बढी बाहय र ३५ सय भन्दा बढी आन्तरिक पर्यटन आयका छ्न ।

देशमा आयको कोरोना माहामारिका कारण होमस्टे पनि अछुतो रहन सकेन जसकारण होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटन आउन सकेनन । होमस्टेमा पाहुना नआउदा आफ्नो आर्याअर्जन र जिबिकोपार्जन , होमस्टेको घर निर्माण कार्य , विभिन्न सामाग्री जडानमा पनि असरपरेको बताउँछन् होमस्टे घर न ६का नरेन्द्र चौधरी भादा होमस्टे ब्यवस्थापनका लागी स्थानियतह लगायत सरकारी तवरबाट पनि सहयोग भइरहेको छ ।

अहिले होम स्टेको अझै ब्यबस्थित पार्दै अहिले शौचालय, नुहाउने बयवस्था सहितको नँया घर निर्माण भइरहेका छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार थारु कलाकारहरुको प्रस्तुति रहेने महोत्सव पौष २२ गते सम्म चल्ने सचीव चेतराम चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Spielautomaten: Aussie Pokies Go Digital

Expert Article: UK Casinos Not on Gamstop

Casino mit MGA Lizenz: Alles, was Sie wissen müssen

Roulette with Live Dealer USA Fast: Everything You Need to Know

Roulette Strategies UK Popular: A Comprehensive Guide

Free Casino Slots Can Be Great Games To Play Before You Get Paid

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जमुना न्युरे/जसको कोहि छैन, त्यसको हामी छौ समाज नेपाल द्वारा आयोजित मुक्त कमैया बस्ती एकता शिबिर पुर्ब लम्कीमा दशैको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

अझै पढ्नुहोस्
समाचार

सुदुरपश्चिम प्रदेश सरकारको नाममा दिएको अन्तरिम आदेश खारेज

धनगढी/उच्च अदालत दीपायलले सुदूरपश्चिमका वनअधिकृत सरुवा सम्बन्धी निर्णय कार्यान्वयन नगर्न सुदूरपश्चिम प्रदेश सरकारको नाममा दिएको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश पुनमसिंह चन्द र

अझै पढ्नुहोस्