हिमानि काेषले गर्याे कैलालीको टिकापुरका २७२ जना विद्यार्थीलाई कपडा वितरण

शेयेर गर्नुहोस

सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ बैदि स्थित जनता राष्ट्रिय माविका विद्यार्थीलाई आज एक कार्यक्रमका बिच कपडा वितरण गरिएको छ ।
कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि तथा टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले दुर्गम गाउँ बस्तीमा रहेका विद्यालयमा पुगेर हिमानि काेषले मानवीय काम गरेकोमा सरहाना व्यक्त गरेका थिए ।

किवानिज क्लब टिकापुरको समन्वय र हिमानि काेष काठमाण्डौको सहयोगमा साे विद्यालयमा अध्ययन गर्ने २७२ जना विद्यार्थीहरूलाई कपडा वितरण गरिएको छ । साे विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि किवानिज क्लब टिकापुरका इलेक्ट भाइस प्रेसिडेन्ट तथा विद्यालयका शिक्षक भिम बहादुर वि.क.ले हिमानि काेषका प्रतिनिधि संग वस्तुस्थितिका बारेमा जानकारी गराइ कपडा तथा मास्क हिमानि काेषले उपलब्ध गराएको थियो ।

कपडा वितरण कार्यक्रममा पद्मप्रकाशेश्वर महादेव मन्दिरका अध्यक्ष विदुरलाल कायस्थ ,उपाध्यक्ष नरेन्द्र नाथ सिंह र सदस्य रमेश खड्का , किवानिज क्लब टिकापुरका सचिव सर्पराज साउँद,टिकापुर नगरपालिका नगर प्रमुख स्वकीय सचिव लाेकबहादुर बुढा , राष्ट्रिय खेलकुद परिषद्का पुर्व निर्देशक दिपकराज शाही ,हिमानि काेषका स्थानीय प्रतिनिधि गाैरवराज शाही , टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु लगायतका महानुभावकाे उपस्थिति रहेको थियो ।

विद्यालयका अध्यक्ष गाेविन्द काेइरालाकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निमित्त प्रधानाध्यापक किरण धितालले गरेका थिए भने संचालन विद्यालयका शिक्षक भिम बहादुर वि. क. ले गरेका थिए । एकसरो न्यानो कपडा समेत नभएर चिसो समयमा अप्ठ्यारो अवस्थामा रहेका विद्यार्थीले कपडा पाएपछि खुसी व्यक्त गरेकाे विद्यालयका पुर्व प्रधानाध्यापक सुरज साउँदले बताए। साे विद्यालयमा अध्ययनरत रहेका २७२ जना विद्यार्थीलाई कपडा वितरण कार्यक्रममा बाेल्दै काेषका प्रतिनिधि गाैरवराज शाहीले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोगका लागि काेष संग समन्वय गरे सहयोग गर्ने बताएका थिए ।

ताजा खबर

Revisión de TonyBet: bonos, juegos y pagos en 2026

Roulette Online Live: Ein umfassender Leitfaden für Spieler

Exploring the Thrills and Strategies of Zotabet Casino Slots

Najwyższe Szanse na Wygraną w Kasynie: BestOdds

Reseña de Spincasino: bonos, juegos y pagos

Erfolgreiche Spiellizenzen in Kudos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Wie man die besten Online Casino-Bewertungen findet Die zuverlässigsten Online-Casino-Bewertungen sind unerlässlich für Spieler. Diese Websites https://spinfingermany.de/ empfehlen nicht ein bestimmtes Casino, sondern bieten sie

अझै पढ्नुहोस्
समाचार

धनगढीमा शनिवारे मेला बन्यो उद्यमी महिलाका सामग्री बिक्री गर्ने माध्यम

धनगढी/ कैलालीको धनगढीमा लाग्ने शनिवारे मेला स्थानीय महिला उद्यमीले बनाएका सामग्री बिक्री गर्ने गतिलो माध्यम बनेको छ। मेलामा स्थानीय महिलाका खाद्य परिकारदेखि घरेलु उत्पादन बिक्री भइरहेका

अझै पढ्नुहोस्