सुप साहित्य समाजले धनगढीमा प्रथम नाटककार पहलमानसिंह स्वार जयन्ती मनाइयो

शेयेर गर्नुहोस

धनगढी,सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा नेपाली साहित्यका विराट प्रतिभा प्रथम वियोगान्त नाटककार स्व. पहलमान सिंह स्वारको १४६औँ जन्म जयन्ती मनाईयो । सुदूरपश्चिमाञ्चल साहित्य समाजले स्व. स्वारको योगदानको सम्मान गर्दै उहाँ कै स्मृतिमा समाजको भवनको नामाकरण पनि पहलमानसिंह स्वार स्मृति भवन गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका कार्यकारी सदस्य एवम् प्राध्यापक हरिकृष्ण कडायतले समारोहको उद्घाटन गर्दै स्वारको कृतित्व र व्यक्तितब माथि प्रकाश पार्दै सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला मटेना गाउँमा जन्मेका स्वारले भाषा, साहित्य, सँस्कृती र शिक्षाको अवस्था दुरूह रहेको राणा शासनको समयमा विशिष्ट योगदान गर्नुभएको भन्नुभयो । नाटक दुखान्त नै हुदैन भन्ने पूर्वीय साहित्य परम्परालाई नयाँ मोड दिएर वियोगान्त नाटक अटल बहादुर रचना गरेर नेपाली नाटक लेखनको फाँटमा सुपलाई अग्रस्थानमा पुर्‍याउनु भएको गौरवमय पाटोको चर्चा गर्नु भयो ।

राज्यले स्व. स्वारको साहित्यिक, शैक्षिक र साँस्कृतिक योगदानको कदर स्वरूप पहलमानसिंह लोकमार्ग, जनस्तरबाट पुस्तकालय र कैलालीमा उहाको गाउँको नाम पनि पहलमानपुर राखिएको भन्नुभयो ।

सुप कला प्रतिस्स्ठानका महासचिव गुणाकर पनेरूले उनका कथा र नाटकको टेलीफिल्म निर्माण गर्ने सोच रहेको भन्नुभयो । साहित्य समाजका अध्यक्ष तीर्थराज पाडेयको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिवले गणेश नेपालीले गरेका थिए ।

ताजा खबर

Just how to Validate an ESA Letter: A Comprehensive Overview

Exploring the most effective ESA Letter Site According to Reddit Users

Lorem Ipsum

The Ultimate Guide to Top Slots: Whatever You Required to Know

Casino Free Slots

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुटुरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सप्पन्न

जमुना न्युरे,धनगढी / नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाले मुटुरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज धनगढीमा सम्पन्न गरेको छ । कार्यक्रम नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली

अझै पढ्नुहोस्