विकासको पर्खाइमा छ घोडाघोडी ,उधोग पर्यटन वन तथा वातावरण मन्त्री धामि

शेयेर गर्नुहोस

सुखड ,कैलाली /विश्व रामसार क्षेत्रका सुचिकृत कैलालीको घोडाघोडी ताल बिकासको पर्खाईमा रहेको सुदुरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि रमेश धामिले बताएका छन । आज घोडाघोडी तालको अनुगमन गर्दै मन्त्रि धामिले भने, घोडाघोडी बिकासको पर्खाईमा छ जति हुनुपर्ने हो त्यति बिकास हुन सकेको छैन ।

पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्दा घोडाघोडी सुदुरपश्चिमकै पहिलो पर्यटन क्षेत्र रहेको बताउदै धामिले भने,घोडाघोडिमा बहु आयामिक क्षेत्रहरु छ्न योे क्षेत्र सुदुरपश्चिममै पहिलो प्राथामिकतामा पर्छ यसको बिकासका लागि सबै जना स्थानिय एकजुट हुन आवश्यक छ । प्रदेश सरकारले घोषणा गरेको चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा बजेट विनियोजन गरेको बताउदै उनले तालमा रहेको मिचाह प्रजातिहरुलाई पनि हटाउने बताए ।

घोडाघोडी आर्थिक रुपमा पनि निकै महत्वपुर्ण रहेको बताउदै धामि भन्छन, आन्तरिक श्रोतहरु छन,त्यसलाई ब्यवस्थित बनाउदै लैजानु पर्छ । राज्यको लगानी भएको छ तर एकद्वार प्रणालीबाट बाट ब्यवस्थित भएको देखिदैन । आएका श्रोतहरुलाई सहि रुपमा लगानी गर्नुपर्ने उनको भनाई थियो ।

घोडाघोडीका स्थानिय एकबद्ध भएर लाग्नुपर्ने बताउदै उनले भने, एकबद्ध भएनन भने अझै पनि यहाको बिकास हुन सक्दैन । सबै मोडेलमा प्रदेश सरकार घोडाघोडी सङ्ग सहकार्य गरि बिकासका लागि अगाडि बढ्ने उनको भनाई थियो । अनुगमनका क्रममा सुझाब राख्दै नेकपा एमालेका जिल्ला कमिटि सदस्य तारा सुवेदीले माथिल्लो निकायले घोडाघोडी ताललाइ नियमन गरि संघिय सरकारले नै पर्यटकिय बिकास बोर्ड गठन गर्नुपर्ने बताए ।

ब्यक्तिगत स्वार्थ भन्दा माथी उठ्न नसकेकाले घोडाघोडीको बिकास हुन नसकेको बताउदै सुबेदिले भने,ढिलो नगरि कमि कम्जोरिहरुलाइ सुधारेर लैजानु पर्छ ।

घोडाघोडीको बिकासका लागि धेरै रकम खर्च गरेर मास्टर प्लान बनिसकेको बताउदै माओबादिका घोडाघोडी नगर कमिटि अध्यक्ष खगेन्द्र हमालले भने,सोहि मास्टर प्लान अनुसार अगाडि बढ्नुपर्छ ।
घोडाघोडी ताल प्रदेशको गौरबको कुरा रहेकाले प्रदेश मातहतमा ताललाइ लैजानुपर्नेमा उनको जोड थियो ।
घोडाघोडीको पर्यटन बिकासका लागि निजि क्षेत्रको पनि भुमिका अहम रहेको पर्यटन ब्यवसायि डबल शाहले बताए । निजि क्षेत्रलाई पनि घोडाघोडी ताल क्षेत्रमा काम गर्न सहज वातावरण बनाउन सम्बन्धित पक्ष संग शाहले आग्रह गरेका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ घोडाघोडी नगर अध्यक्ष रमेश बस्नेतले एकद्धार प्राणालीबाट घोडाघोडीको बिकास गर्नुपर्ने बताए । घोडाघोडीमा संकलन भएको राजश्वको खर्चको विवरण पनि सार्वजनिक गर्नुपने उनको भनाई थियो ।

घोडाघोडी अनुगमनमा आएका मन्त्रि धामिको घोडाघोडी मन्दिरका बटुकले स्वस्ति वाचन गरेर स्वागत गरेका थिए भने संरक्षणकर्मि दिपक शाहले घोडाघोडीको ईतिहास बारे जानकारी दिएका थिए । अनुगमनमा मन्त्रिको टोलि संगै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर पनि सहभागि थिए ।

ताजा खबर

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

1win Slot Bonus Rounds Compared

Just how to Validate an ESA Letter: A Comprehensive Overview

Exploring the most effective ESA Letter Site According to Reddit Users

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बसन्ता जैविकमार्गमा डमरू हुर्काउन आयो बाघ

जमुना न्युरे,धनगढी/हरेक बर्ष जस्तै डमरु हुर्काउन कैलाली जिल्लाकोबसन्ता जैविक मार्ग हुँदै कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्