सुदूरपश्चिम सरकार: उच्च बन अधिकृत सरुवा कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

शेयेर गर्नुहोस

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले दसाैँ तहका बरिस्ठ डिभिजलन वन अधिकृतकाे समय नपुगेरै सरुवा गरेपछि त्याे निर्णय विवादित भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारकाे साउन ३० गतेकाे निर्णय अनुसार दसाैँ तहका तीन जना वन अधिकृतलाई समय नपुगेरै ९ महिनामा नै सरुवा गरेकाे हाे ।

प्रदेश सरकारले डिभिजन वन कार्यालय धनगढीका प्रमुख कृष्णदत्त भट्ट, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेल र डिभिजन वन कार्यालय कञ्चचनपुरका प्रमुख रामबिचारी ठाकुरलाई समय नपुगेरै सरुवा गरेकाे छ। यी तीनै जना दसौँ तहका वन अधिकृत हुन्।

नाै महिनाअघि मात्र डिभिजन वन कार्यालय धनगढीकाे प्रमुखकाे रुपमा पठाइएका कृष्णदत्त भट्टलाई डिभिजन वन कार्यालय पहलमानपुरमा सरुवा गरिएकाे छ भने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय कञ्चनपुर पठाइएकाे छ।

यसैगरी डिभिजन वन कार्यालय कञ्चनपुरमा कार्यरत रामबिचारी ठाकुरलाई डिभिजन वन कार्यालय धनगढी सरुवा गरिएकाे छ । यी ठाकुरलाई केही महिना अघि मात्र कञ्चनपुरमा कालाे माेसाे समेत दलिएकाे थियाे ।

समय अगावै विना कारण सरुवा गरेपछि कृष्णदत्त भट्ट र रामचन्द्र कँडेलले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए । उच्च अदालत दिपायलले भदाै ५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सुदूरपश्चिम प्रदेशका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरी प्रदेश सरकारकाे साउन ३० गतेकाे सरुवा निर्णय कार्यान्वयन नगर्न भनेकाे छ ।

अल्पकालीन अन्तरिम आदेशमा भनिएकाे छ- ‘मिति २०८२/४/३० गतेकाे सरुवा निर्णय कार्यान्वयन नगर्नू, अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेमा दुवै पक्षसँग छलफलका लागि भदाै २० गते पेशी ताेकिएकाे छ, साे दिन बिपक्षिले पनि सम्पुर्ण कागजात सहित उपस्थित हुनू।’

नियम अनुसार निजामती कर्मचारी नवाैँ र दसाैँ तहकालाई कम्तिमा २ वर्षसम्म एक ठाउँबाट अर्काे ठाउँ सरुवा गर्न पाइने छैन । अधिवक्ता गम्भीरसिंह ऐरका अनुसार २ वर्षअगावै सरुवा गर्नुपरेमा कि ती कर्मचारी पुरष्कृत भएकाे हुनुपर्‍यो, कि कारवाही भएकाे हुनुपर्‍यो या कायम रहेकाे दरवन्दी नै खारेज भएकाे हुनुपर्‍यो नभए सरुवा गर्न पाइँदैन। तर अहिले गरिएकाे सरुवामा यी तीनवटै कुनै अवस्था लागू भएकाे छैन।

स्राेतका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरबाट रामबिचारी ठाकुरलाई डिभिजन वन कार्यालय धनगढीमा ल्याउनका लागि नियम विपरीत सरुवा गरिएकाे हाे । डिभिजन वन कार्यालय धनगढी मातहतमा स्राेत राम्राे रहेकाे चर्चा चल्ने गरेकाे छ । अहिले वन क्षेत्र हेर्ने विभागीय मन्त्रालय वन उद्योग तथा पर्यटन मन्त्रालयकाे जिम्मेवारी पनि मुख्यमन्त्री कमलबहादुर शाहले नै सम्हालेका छन् । यस मन्त्रालयका मन्त्री रामेश्वर चाैधरीलाई झण्डै एक महिनाअघि मात्र मुख्यमन्त्री शाहले बर्खास्त गरेर उक्त मन्त्रालयकाे जिम्मेवारी आफैलाई राखेका छन् ।

ताजा खबर

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

Comprehending ESA Letters in Nevada

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

सम्बन्धितखवर

छुटाउनु भयो कि !