TRENDING
Apostas Desportivas Web Site De Apostas Vave Online Bónus
Exactly How to Get Rid Of Paint Protection Movie from Your Auto
Rental fee an Auto in the UAE: Your Ultimate Overview
Luxury Boat Charter Dubai
Apostas Desportivas Web Site De Apostas Vave Online Bónus
Next
Prev

कर्मचारीहरुको लागि वन्यजन्तु तथा बानी ब्यहोरा पहिचान सम्बन्धि दुई दिने तालिम सम्पन

शेयेर गर्नुहोस


सुखड/लम्किचुहा नगरपालिका वडा न ३ चिसापानी मा कर्मचारीहरुको लागि वन्यजन्तु तथा बानी ब्यहोरा पहिचान , बन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि उपकरण तथा क्षमता बिकास दुई दिने तालीम सप्पन्न भएको छ ।

पछिल्लो समयमा बढ्दै गएको मानव तथा बन्यजन्तु बिचको द्वन्द्व दिनप्रतिदिन बढ्दै गैरहेको समयमा वन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि तालिम गरिन थालिएको छ ।

तालिममा सहजीकरण गर्दै डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख वरिष्ठ डिभिजलन अधिकृत राम चन्द्र कडेलले बन्यजन्तुको बासस्थान नासिएकाले नै अहिले मानव र बन्यजन्तु बिचको द्वन्द्व बढेको हो , पहिले बन घना र चाक्ला रहेका थिय आजभोलि स साना टुक्राकरण भएकाले बनको उत्पादनमा ह्रास आएको छ , बन्यजन्तुको ब्यबस्थापन तथा बन्यजन्तु को लागि अहारबिहार को लागि प्रयाप्त रुपमा घासे मैदान, पानीको लागि पोखरी घोल छैनन , त्यसले गर्दा बन्यजन्तुहरु आहार कै खोजिमा बस्ती नजिक पुग्ने गरेकाले द्वन्द्व बढ्नुका साथै जोखिममा परेका छन् ।

अब हामिले बन्यजन्तु र मानव बिचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक बनमा घासे मैदान निर्माण , पानीका लागि पोखरी निर्माण गर्दै घाइते , बेसाहारा , टुहुरा , बिरामी रहेका जनावरको सरक्षणको लागि हामिले कसरी उद्वार गर्ने , तेसको ब्यबस्थापन कसरी गर्ने जस्ता कार्य गर्नु पर्नेमा जोड दिदै वन्यजन्तु उद्वार तथा उद्वारकेन्द्र ब्यबस्थापन कार्यबिधी २०७३ मा छलफल गरिएको थियो ।

कार्यक्रम माथी प्रकाश पार्दै सब डिभिजन बन कार्यलय चिसापानीका प्रमुख पुर्ण कुमार बिष्टले बन सरक्षित भएको छैन , बनहरुको उत्पादन घट्दो रहेको छ , बनमा एक हेक्टर मा पहिले १००० हुने थियो अहिले १०० बोटबिरुवा उत्पादन हुन सकेको छैन त्यो क्षयिकरणले गर्दा बन्यजन्तुहरु लाई खाना आहारबिहार तथा लुक्ने ठाउँको कमि भएको कारण बन्यजन्तु र मानव बिचको द्वन्द्व बढी रहेको छ ।

भारतको दुधुवा नेसनल पार्क हुँदै बन्यजन्तुहरु कर्णाली कोरिडोर र बर्दिया राष्ट्रिय निकुन्ज बाटो हुँदै चुरे क्षेत्र सम्म पुग्ने गरेका छन बन्यजन्तुहरु , चुरे बाट फेरि बसन्ता सरक्षित क्षेत्र हुँदै अन्य ठाउँ वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गरेको पाइन्छ , बर्सेनि बाघ बसन्ता सरक्षित बन क्षेत्रमा डमरु हुर्काउन आउने गरेको छ ।

स्थानीयको सहभागी बिना वन सरक्षण हुन सक्दैन भनेर स्थानीय लाई सरक्षणमा ल्याउनका लागि बिगत ३ बर्ष देखि एकीकृत भु परिधी ब्यबस्थापन कार्यक्रम लागू गरिएको छ ।

सो कार्यक्रमले बनमा आश्रीत रहेका , सिमासारमा आश्रीत रहेका ,परिवारहरुलाइ आर्य आर्जनमा जोड्दै , मानव बन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका कार्य गर्दै आएको छ ।

तालिममा मुख्य प्रशिक्षणको रुपमा सर्प उद्दारकर्ता ,नियन्त्रण कर्ता तथा खोज अनुसन्धानकर्ता लक्षमण उपाध्यायले गरेका छ्न । तालिममा डिभिजन बन कार्यलय का मातहतमा रहेका ३५ जना बन रक्षकहरुको सहभागिता रहेको छ ।
कार्यक्रम डिभिजन वन कार्यलय पहलमानपुर आयोजना सब डिभिजन बन कार्यलय चिसापानीको सयोजनमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Apostas Desportivas Web Site De Apostas Vave Online Bónus

Exactly How to Get Rid Of Paint Protection Movie from Your Auto

Rental fee an Auto in the UAE: Your Ultimate Overview

Luxury Boat Charter Dubai

Apostas Desportivas Web Site De Apostas Vave Online Bónus

Apostas Desportivas Web Site De Apostas Vave Online Bónus

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

प्रदेश अध्यक्षमाथि नाउपाकी अध्यक्ष रञ्जिताले चलाइन् कारबाही

जमुना न्युरे,धनगढी/नागरिक उन्मुक्ति पार्टीका बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ पार्टीबाट निस्कासित भएका छन् । नाउपाका संस्थापक नेता रेशमलाल

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नेपाल शिक्षक संघ अधिवेशन
अध्यक्षका लागि ६ जना आकांक्षी

जमुना न्युरे,धनगढी / नेपाल शिक्षक संघ कैलालीको ९ औं जिल्ला अधिवेशन फागुन १३ गते धनगढीमा हुने भएको छ । जिल्ला कार्यसमितिको बैठकले फागुन १३ गते

अझै पढ्नुहोस्
समाचार

रासस सुदूरपश्चिमको ६३ औं वार्षिकोत्सव सम्पन्न

धनगढी । राष्ट्रिय समाचार समिति (रासस) ले अहिले सम्म आफ्नो स्वाभिमान र अडान बचाएर रहेको सुदूरपश्चिम प्रदेशका सभामुख भीम प्रसाद भन्डारीले बताए । (रासस) सुदूरपश्चिमको

अझै पढ्नुहोस्