TRENDING
Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité
Duel Casino bonus – soorten bonussen in het online casino
Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online
Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device
OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online
Next
Prev

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सीसीएस प्लस टु को साथ

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/ ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) ले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु ) ले साथ दिएको हो । क्रिसेन्ट सिटी स्कुल ( सीसीएस प्लस टु) अवार्डको सह प्रायोजकको रुपमा जोडिएको हो ।

क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) का प्रिन्सिपल तिर्थ फुलारा र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरे । क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) ले व्यवस्थापन संकाय अन्तर्गत होटेल म्यानेजमेन्ट, फाईनान्स लगायतका बिषयहरुका साथै कानुन बिषयको अध्यापन गराउँदै आएको छ । क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) धनगढीको वडा नम्बर २ मा लामो समयदेखि सञ्चालनमा रहेकोमा पछिल्लो समयमा नयाँ व्यवस्थापनका साथ अत्याधुनिक शिक्षण पद्धति अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरुको मनोनयन सार्वजनिक गरिएको छ । बर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्र सिंह ऐरी, कबड्डीका प्रकाश गिरी, बर्षको उत्कष्ट खेलाडी महिलामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी बर्षा ओली मनोनयनमा परेकी छिन् । बर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् ।

बर्ष युवा खेलाडीमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । सुदुरपश्चिम आईकन पुरुष विधामा फेस्निंगका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदुरपश्चिम आईकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन् । ६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रमै सम्मान गर्ने जनाएको छ । लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको हो ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । सह प्रायोजकमा नवजीवन कोअपरेटिभ्स लिमिटेड र क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) रहेका छन ।

अवार्डको बर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, बर्ष खेलाडी महिला विधालाई हिमालयन गौरीशंकर डेन्टल क्लिनिक, युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाईफटाईम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

अवार्डको ट्रफी सुुदुरपश्चिम ११ स्पोर्टस क्लबले प्रायोजन गरेको छ भने भेन्यु पार्टनरको रुपमा ओम प्यालेस पार्टी प्यालेस रहेको छ । कार्यक्रम टिभी टुडे टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité

Duel Casino bonus – soorten bonussen in het online casino

Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online

Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device

OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online

Casoola App – installatie en gebruik van de mobiele casino-applicatie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्