TRENDING
1win — ставки на спорт в букмекерской конторе
Review casino ruletă cu dealer live instant
1win — ставки на спорт в букмекерской конторе
1win — ставки на спорт в букмекерской конторе
Pin Up Casino Azərbaycan
Next
Prev

सामुदायिक बन अतिक्रमण गरि बनाइएका घरटहरा हटायो

शेयेर गर्नुहोस

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा ९ मा रहेको जनज्योति सोनिया सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ।
भदौ महिनाको अन्तिममा आयको कान्द्रा नदिमा आएको बाढिले भजनी नगरपालिका वडा ९ डोङ्गपुर मा आएको बाढीले १५ / २० घरपरिवार लाई बिस्थापित गरेको थियो ।

सामुदायिक बनमा केही दिनका लागि बाढी नघटदा सम्म अस्थायी रूपमा बस्ने दियको सामुदायिक बनका अध्यक्ष सुरेश चौधरीले बताए ।
उनले भने सुरुवात थोरै घरटहरा बाट बन अतिक्रमण सुरु गरि बिस्तारै बिस्तारै घरटहरा बाट १६१ घरटहरा बनाएको थियो ।
यता सामुदायिक बनले आफ्नो वनक्षेत्रमा बनाइएका अस्थायी घरटहरा हटाउनका लागि समुहले पटक पटक मौखिक तथा लिखित रूपमा जानकारी गरायको समुहका अध्यक्ष चौधरीले बताए ।
आफुहरुले उठाउन नसके पछि सब डिभिजन बन कार्यलय पचमुडिया लाई जानकारि गरायको थियो ।सब डिभिजन बन कार्यलयले अतिक्रमीत जमिन खाली गरि दिनका लागि सम्बन्धित ब्यक्तिहरुलाइ २०७९/९/ ९ गते लिखित रूपमा ७ दिने सुचना गरियको सब डिभिजन बन कार्यलय पचमुडिया प्रमुख साह्ययक बन अधिकृत नितेश राज भट्टराईले जानकारी दिय ।

अतिक्रमण गरि बनायको घरटहरा सामुदायिक बन बाट हटाउनका लागि सूचना दिदा पनि हट्न नमाने पछि आज डिभिजन बन कार्यलय पहमानपुर प्रमुख गोकुल प्रशाद रिजाल को नेतृत्वमा सशस्त्र बन रक्षक , बनकर्मचारी ,नेपाली प्रहरी र सशस्त्र प्रहरी सयुक्त टोलिले बल प्रयोग गरि अतिक्रमण गरि बनाएका १सय ६१ घरटहरा हटाएको छ।

बाढिपिडितहरु भने आफुहरुलाइ अन्यत्र ठाउमा ब्यबस्थापन गरि दिनु पर्ने , कान्द्रा नदिमा नदि कटान रोक्न तटबन्ध गरिदिनु पर्ने स्थानीय शान्ती चौधरीले बताए ।

यता डिभिजन बन कार्यलय प्रमुख रिजाल भने अतिक्रमण हटाएको ठाउँमा निरन्तर रूपमा हेरबिचार , निगरानी राख्ने पुन घरटहरा बनायमा बन ऎन २०७६ अनुसारको घटना को अनुसन्धान गरि कानुनी कारबाही गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win — ставки на спорт в букмекерской конторе

Review casino ruletă cu dealer live instant

1win — ставки на спорт в букмекерской конторе

1win — ставки на спорт в букмекерской конторе

Pin Up Casino Azərbaycan

Гама казино онлайн – Gama Casino Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरेक बर्ष जस्तै सुरु भयो घोडाघोडीमा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव

सुखड/कैलालीको विश्व सिमसार तथा नेपालको पहिलो बर्ड सेन्चुरि ( पन्क्षी अभय – आरण्य ) जैविक विविधताले महत्वपूर्ण क्षेत्र घोडाघोडीमा आइतबार घोरीघोरा लवाङ्गी पूजा तथा थारु

अझै पढ्नुहोस्