सामाजिक विकास जनसरोकारका सार्वजनिक सुनुवाइ सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले आफ्नो विषयगत क्षेत्रभित्र परेको जनसरोकारका विविध विषयमा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको थियो ।

संसद् सहयोग परियोजना र संसदीय मामिला पत्रकार समाज कैलालीको सहकार्यमा समितिले सरोकारवालासँग सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । समितिले सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने शिक्षा, स्वास्थ्यलगायत विभिन्न विषय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पर्ने भूमि, कृषिसँग सम्बन्धित विषयलाई हेर्ने गरेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न विषय राखेका थिए । कार्यक्रममा दलित अधिकार मञ्चका सिर्जना पराजुलीले दलित सशक्तीकरण ऐन बनेको धेरै वर्ष भए पनि ऐन अन्तर्गतका समिति नबन्दा दलित समुदायको सशक्तीकरणमा समस्या भइरहेको बताए । एकल महिलासमेत रहनू भएका मानव अधिकारका लागि एकल महिला समूहका प्रदेश कार्यक्रम संयोजक वेद अवस्थीले प्रदेशमा एकल महिला जीवनोपयोगी नीति बनाउन आवश्यक रहेको औँल्याइन ।

लामो प्रयासपछि एकल महिला कोषमा १२ करोड रुपियाँ राखिए पनि नीतिगत समस्याका कारण त्यो रकम केन्द्रमै थन्केको उनको भनाइ थियो । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी भइरहेका बेला सामाजिक विकाससँग सम्बन्धित अपरिहार्य विषयवस्तुमाथि छलफल गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको समितिका सभापति धर्मराज पाठकले बताए ।

ताजा खबर

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Вавада азартные игры бонусы и новинки в 2026

Вавада азартные игры бонусы новинки 2026 года Выбор платформы для ставок требует внимательного анализа доступных опций. Исследуйте предложения, которые предоставляют значительные преимущества, включая щедрые вознаграждения

अझै पढ्नुहोस्
समाचार

२३ औँ सशस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना

जमुना न्युरे,बनबेहडा/कैलाली द्वारा २३ औँ सशस्त्र प्रहरी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक निरकृस्ण अधिकारी द्वारा सशस्त्र प्रहरी

अझै पढ्नुहोस्