बुद्ध जयन्तीमा प्रदेश प्रमुखको आह्वान: अहिंसा, शान्ति र विश्वबन्धुत्वमा अग्रसर बनौं ।

शेयेर गर्नुहोस

कैलाली। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली जनता तथा बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न आह्वान गरेका छन्।

विश्व शान्तिका अग्रदूत तथा राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले व्याप्त हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्न सक्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले बुद्धका विचारहरू अझै सान्दर्भिक रहेको उल्लेख गरेका छन्।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो,” शुभकामना सन्देशमा उल्लेख गरिएको छ, “बुद्धले दिनुभएको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नति मात्र होइन, सामाजिक एकता र सहअस्तित्वलाई पनि बलियो बनाउँछ।”
बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरूले पूजा, ध्यान, भिक्षादानलगायतका विविध धार्मिक विधिबाट श्रद्धापूर्वक मनाउने परम्परा रहेको प्रदेश प्रमुखको सन्देशमा उल्लेख गरिएको छ।


शुभकामना सन्देशमा उनले समाजमा सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न बुद्धका शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्
सन्देशमा प्रदेश प्रमुख मियाँले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानवजातिलाई हिंसा र युद्धको बाटो परित्याग गरी अहिंसा, मैत्रता र विश्वबन्धुत्वको मार्गमा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन्।
बुद्ध जयन्तीको उपलक्ष्यमा देशभर सार्वजनिक बिदासहित विविध कार्यक्रमको आयोजना गरी पर्व मनाइँदैछ।

ताजा खबर

Slot-Maschine im Casino Joy für Freunde des Glücksprinzips

Winning Spins at Booming Slots Casino

Die Münze fällt für Frand und Fred Casino

Glückschance beim Everum Casino

La Experiencia de Azar en Caliente Casino

Glücksspiel in den Slotinseln von Casinoslots Island

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

जमुना न्युरे,श्रावण २७, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्रलाई समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

अझै पढ्नुहोस्
पर्यटन

मिचाहा प्रजाति हटाउने कार्य बजेट अभाबले रोकियो

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी तालमा मिचाहा प्रजाती बेसरम लाई हटाइउने कार्य

अझै पढ्नुहोस्