लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी । कैलालीमा लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ गरिएको छ ।बर्दगोरिया गाउँपालिका–६ को मुढाबाट बिहीबार संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका– ४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र भजनी नगरपालिका– ८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक(सई) सुशिल चन्द र इप्रका सुखडको संयुक्त टोलीले उनीहरु सवार सु प प्र ०१००८ प ३५१२ नम्बरको मोटरसाइकलसहित १० किलो खपटा बरामद गरेको हो ।

खपटासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेको छ ।

प्रदेश प्रहरी कार्यालयले पछिल्लो समय वन्यजन्तुको ओखेटोपहार तस्करीलाई लक्षित गरेर अप्रेशन चलाएको छ ।

यसअघि गत पुसमा पनि कैलालीको चुरेबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको थियो ।

ताजा खबर

Chicken Road Game: Mastering the Art of Quick Decisions and Smart Cash Outs

HeyCasino! Online Casino: Quick Hits, Grote Winsten, en de Kunst van de Korte Sessie

WinHero Casino Nederland: Snelle Slots, Live Spelen en de WinHero Bonus

Koko Bet Casino Mobile Gaming: Snelle Sessies en Directe Beslissingen

test123123

सम्बन्धितखवर

छुटाउनु भयो कि !