बडीकेदार धाममा तीन दिन मेला लाग्ने

शेयेर गर्नुहोस


डोटि/सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा आज,भोली र पर्सि (मङ्सिर ८,९ र १० गते) मेला लाग्ने भएको छ ।

डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सङ्गम स्थलको रूपमा रहेको बडीकेदार धाममा मङ्सिर ८ र ९ गते मेला लाग्नुका साथै १० गते पूजन कार्य हुने बडीकेदार क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिले जनाएको छ । बडीकेदार ठुलाकेदारको नामले पनि चिनिँदै आएको छ । धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडीकेदारधामको दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्व बोकेको बडीकेदार क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकाले संयुक्त रूपमा काम गरिहरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । उनले भने यो एउटा महत्त्वपूर्ण शक्ति पीठ हो यसको विकास प्रवर्धन प्रचार प्रसार गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

बडिकेदार धाममा तीन चार दिन अगाडी देखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुन्डन गर्ने जस्ता शुभ कार्यहरू समेत गर्ने गर्दछन् । समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ ।

किंवदन्तीअनुसार परापूर्व कालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन । त्यही बेलाबाट कार्तिक चतुर्दशीका बेला बडीकेदार धाममा पूजाआजा हुने गरेको स्थानीय बताउँछन् ।

बडीकेदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको बिपी नगर, खँड्यौली बजार हुँदै अत्तरकाडा सम्म सवारी साधन मार्फत पुग्न सकिन्छ । पार्किङ स्थलबाट करिब सवा १ घण्टाको पैदल यात्रामा बडीकेदार धाममा पुग्न सकिन्छ । डोटीको बडिकेदार गाउँपालिकाले मङ्सिर १० गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले प्रसिद्ध बडिकेदार धाममा लाग्ने मेलाको अवसरमा गाउँपालिकाले एक सूचना जारी गर्दै एक दिन सार्वजनिक बिदा दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Osombets Rigtige Chancer på Glæden

Provedor de Roleta: Tudo o que você precisa saber

Gioco di Casino Slot Azzardo Wild Dadi Rischi e Premi

Spielbank Kiel – Automatenspiele und Casino-Erlebnis in Schleswig-Holstein

Máquinas Caça-Roubo no Jogo de Azar com a Tecnologia Avançada do Lunubet

Živý Sultán: Slotové Hra o Vyherné Kombinace

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Пин Ап скачать официально: как выбрать безопасную версию в Казахстане

В Казахстане онлайн‑казино растут быстрее, чем снежные кочевки в Алакольском горах.Среди множества приложений появляется один, который привлекает внимание не только широтой слотов, но и надёжностью.Это

अझै पढ्नुहोस्
समाचार

जनताको काम नरोक्नुहोस काम गर्न नसके कारण दिनुहोस :मुख्यमन्त्री शाह

धनगढी/कैलाली जिल्लाको धनगढीमा भएको नेपाल निजामती कर्मचारी युनियनको प्रदेश भेलाको प्रमुख अतिथिको आसनबोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने कर्मचारीहरुलाइ जनताको टेबल आएको कामलाई

अझै पढ्नुहोस्
समाचार

सूचनाको हकका राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अध्यक्ष उपाध्याय

धनगढी, २४ फागुन / “सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौं” भन्ने नाराका साथ सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको

अझै पढ्नुहोस्