राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवस मनाइयो

शेयेर गर्नुहोस

धनगढी,१३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवसको अवसरमा धनगढीमा एक कार्यक्रम गरी मनाईएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्य मन्त्री माननिय दिर्घ सोडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टिका थापा, मुख्य मन्त्री तथा मन्त्री परिषद्का प्रमुख सचिव डा. हरि लम्साल, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना, निति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सामाजिक विकास मन्त्रालयका सचिव चक्रमणी पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा यस क्षेत्रको मानव अधिकारको अवस्था सम्बन्धमा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख हरि प्रसाद ज्ञवालीले प्रस्तुति गर्नु भएको थियो । मानव अधिकारको संस्कृति विकासको लागि स्थानिय सरकार र संघिय सरकारविच समन्वय हुनु पर्ने र मानव अधिकार संरक्षण र सम्बद्र्धनको लागि सवैले सहयोग गर्नु पर्ने सहभागि वक्ताहरुले जोड दिएका थिए ।

ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी विजयी

धनगढी/नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश कार्य समितिको अधिवेशनबाट अध्यक्षमा रामवतार चौधरी विजयी भएका छन । शनिबार कैलालीमा भएको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा प्रजातान्त्रिक वन प्राविधिक

अझै पढ्नुहोस्