काट्यो पत्र प्रदेश पर्यटन इकाई धनगढीले चिसापानीमा पर्यटन सुचना केन्द्रलाइ

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/काट्यो पत्र प्रदेश पर्यटन इकाई कार्यन्वयन कार्यक्रम धनगढीले चिसापानीमा रहेको पर्यटन प्रबर्द्धन तथा सूचना केन्द्रको भवन भन्दै चर्च बनाएको समिति का अध्यक्ष तपेन्द्र शाहिलाइ ७ दिने समय दिई पत्राचार गरेको छ ।

पत्रमा लेखिएको छ यस पर्यटन इकाईको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको पर्यटन क्षेत्रको चिसापानी पर्यटन सूचना केन्द्र भवन निर्माण तथा शौचालय निर्माण गर्ने प्रयोजनका लागि मिति २०७९।१०।०४ गते लम्की चुहा नगरपालिका वडा ३ का वडा अध्यक्षको अध्यक्षतामा बैठक बसी कर्णाली सामुदायिक भवनमा चिसापानी सूचना केन्द्र भवन तथा शौचालय निर्माण गर्ने गरी उपभोक्ता समिति गठन गरिएको थियो ।

यसमा हाल चिसापानी पर्यटन सूचना केन्द्रको भवनको प्रदेश पर्यटन विकास कार्यकम कार्यान्वयन इकाई धनगढी कैलालीको कर्मचारीहरुको संयुक्त टोलीले अनुगमन गर्दा उक्त पर्यटन सूचना केन्द्रको भवन चर्चको रुपमा प्रयोग भएको भन्ने बुझिन आएकोले उक्त पर्यटन सूचना केन्द्रको भवन के कुन कानूनी प्रक्रिया अवलम्बन गरी चर्चको रुपमा प्रयोग भएको हो ? यो पत्र प्राप्त भएको मितिले ७ (सात) दिन भित्र खुलाई पेश गर्नु हुन अनुरोध छ ।
चिसापानी पर्यटन सूचना केन्द्रको भवनको प्रदेश पर्यटन विकास कार्यकम कार्यान्वयन इकाई धनगढिले पर्यटन सूचना केन्द्रको भवन निर्माणका लागि १० लाख रुपैया बिनियोजित गरिएको थियो ।

बिनियोजित रकमले भवन निर्माणका लागि पर्यटन इकाईका योजना शाखा र प्राविधिक शाखाले भवनको लागत स्टेमेन्ट तयार गरि नापजाँच गरेको थियो ।
पर्यटन इकाई कार्यन्वयन कार्यक्रम धनगढीका निमित्त प्रमुख डबल बहादुर बोहराले भने ७ दिनको समय दिएर पत्राचार गरिएको छ , चर्च हो या चिसापानी पर्यटन सूचना केन्द्रको भवन हो राय सहित विवरण खुलाइ ल्याइन भनिएको छ , उक्त रायमा विवरणमा चित्त नबुझे कानुनी रुपमा कारबाही अगाडि बढाइने समेत जानकारी दिए ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Αξιολόγηση καζίνο και ασφαλείς στοιχηματικές δραστηριότητες με το ninecasinos-greece.com στην Ελλάδα

Αξιολόγηση καζίνο και ασφαλείς στοιχηματικές δραστηριότητες με το ninecasinos-greece.com στην Ελλάδα Κατανόηση των Διαδικτυακών Καζίνο στην Ελλάδα Κριτήρια Επιλογής Ασφαλούς Καζίνο Στρατηγικές για Υπεύθυνο Στοίχημα

अझै पढ्नुहोस्