कानुन मन्त्री जाेशिले सन्चारकर्मी संग शुभकामना आदानप्रदान

शेयेर गर्नुहोस

जमुना न्युरे
धनगढी/सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मीहरुसंग हिन्दुहरुको महान पर्व दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गरेकी छिन ।
आफनै कार्यकक्षमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीसंग भेटघाट गर्दै शुभकामना आदान प्रदान गरेकी हुन ।

सो अवसरमा उनले आगामी दिनमा सरकारका तर्फबाट गर्नुपर्ने कामहरुबारे पनि रायसुझाव लिएकी थिइन । उनले भनिन –‘सरकारका गलत कामप्रति सचेत र सरकारलाई सही बाटोमा डोहोर्याउन सञ्चारकर्मीले सहयोग गर्छ । सरकारले गरेका गलत कदमप्रति तपाईहरुले सर्तक गराइरहनु भएको छ ।अझै आगामी के गर्नुपर्छ भनी तपाईहरुको रायसुझाव आवश्यक छ ।’

उनले आफुले सञ्चारकर्मीलाई सरकारको सारथी बनाएर अघि बढ्ने प्रयास गरिरहेको बताइन । उनले भनिन –‘सरकारका राम्रा र नराम्रा काम आम नागरिकलाई प्रवाह गर्ने माध्यम सञ्चारमाध्यम हो । त्यसैले सही काममा सरकारको सारथी र सरकारलाई गलत गतिविधी गर्न रोक्ने काम तपाईहरुकै हो ।’

उनले प्रदेश सरकारले अहिले सञ्चार नीति ल्याउने तयारी गरेको बताइन । उनले भनिन –‘हामीले सञ्चार नीतिको मस्यौदा तयार गरि विभिन्न सरोकारवालाहरुसंग छलफल गरिरहेका छौं ।

छिट्टै यसलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने छौं ।’
मन्त्री जोशीले चालु आर्थिक वर्षमा मन्त्रालयबाट सञ्चार क्षेत्रका लागि समेटिएका कार्यक्रमबारे पनि जानकारी दिएकी थिइन ।

छलफलका क्रममा सञ्चारकर्मीहरुले सरकार पारदर्शिता हुनुपर्ने, सञ्चारकर्मीलाई सहज रुपमा प्रदेश मन्त्रीपरिषदका बैठकका निर्णय तुरुन्तै उपलब्ध गराउनुपर्ने, प्रदेश एफएम, रेडियो तथा टेलिभिजन सम्बन्न्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाघकाे आक्रमणबाट एक जनाको मृत्यु

टीकापुर/ बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बांकेकाे नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुर्वाका लखन गडरियाकाे आक्रमणबाट मृत्यु भएको हाे । बाघकाे आक्रमणबाट

अझै पढ्नुहोस्
समाचार

दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्कियोस् :प्रदेश प्रमुख मियाँ

दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्कियोस् :प्रदेश प्रमुख मियाँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा

अझै पढ्नुहोस्
समाचार

बसन्ता संरक्षित क्षेत्रमा बाघको आवातजावत बढ्दै

धनगढी/कैलाली जिल्लाको वसन्ता सरक्षित वन क्षेत्रमा हरेक बर्ष जस्तै यो बर्ष पनि बघिनी बाघ बच्चा हुर्काउनका लागि बसन्ता बनमा आएको छ । बघिनीले आफ्नो बच्चालाई

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

आज देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

अप्सरा बुढा,टीकापुर/कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)

अझै पढ्नुहोस्