सत्ति कर्णाली सामुदायिक वनले जेष्ठ नागरिकलाई नि:शुल्क दाउरा वितरण गर्दै

शेयेर गर्नुहोस

एल बी बुढा,
टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सत्ति कर्णालि सामुदायिक बनले जेष्ठ नागरिकहरुलाइ दाउरा वितरण गरिरहेको छ ।
सामुदायिक वनले ७५ वर्ष भन्दा माथि उमेर भएका परिवारलाई नि:शुल्क दाउरा वितरण सुरु गरेको हाे ।

सत्ती कर्णाली सामुदायिक वनले आफ्ना उपभोक्ताहरुका एकाघर भित्र ७५ वर्ष माथिका जेष्ठ नागरिक सदस्य भएका घरमा करिव २ कुइन्टल दर्जा दाउरा वितरण गरिरहेको सामुदायिक वनका अध्यक्ष धन सिंह साउंदले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयाे ।

उहाँले जाडाेकाे समयमा बुढाबुढिहरु राहत हाेस भनी सामुदायिक वनले दाउरा वितरण गरिरहेको बताउनुभयाे । अध्यक्ष साउंदले सामुदायिक वनले हरेक वर्ष यसरी नै जेष्ठ नागरिकाे लागि दाउरा वितरण गर्दै आएकाे बताउनुभयाे ।

बुधबार सामुदायिक वनले आफ्नै ट्याक्टर प्रयाेग गरेर आफ्ना जेष्ठ नागरिक सदस्यहरुका घर घरमा पुगि दाउरा वितरण गरेकाे जनाएको छ । बुधबार सामुदायिक वनले ६० जेष्ठ नागरिक परिवारका घरमा दाउरा पुर्‍याएकाे सामुदायिक वनका कार्यालय सचिव मीन बहादुर ठकुल्लाले जानकारि दिनुभयाे । सचिव ठकुल्लाका अनुसार सामुदायिक वनले १३० जना जेष्ठ नागरिक परिवारहरुलाइ दाउरा वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयाे ।

सामुदायिक वनले हरेक वर्ष आफ्ना उपभोक्ताहरु काे हित, संरक्षण र आय आर्जनका क्षेत्रमा सहयाेग गर्दै आएको छ भने हरेक वर्ष सामाजिक कार्य पनि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Chumbas Online Spielautomaten Erfahrungen und Hintergründe

Authentique passion et casinobossy online pour des gains incroyables en toute sécurité

Zukunftsperspektiven mit casinobossy für leidenschaftliche Online-Spieler entstehen jetzt

Potenziale nascosto e piperspin per trasformare il commercio moderno e le strategie di vendita online

Präzise Ballkontrolle durch cleveres piperspin Spiel und effektive Technikoptimierung für Turnierspieler

Strategie vincenti per divertirsi al meglio con honeybetz casino e ottenere grandi risultati

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण

टीकापुर/ टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले प्रशिक्षण कार्यक्रम गरेकाे छ ।शनिबार टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको आयाेजनामा जनप्रतिनिधिहरुलाइ प्रशिक्षण कार्यक्रम गरेकाे हाे । प्रशिक्षण कार्यक्रको नागरिक उन्मुक्ति

अझै पढ्नुहोस्