साहित्य समाजको प्राङ्गणमा डेउडा प्रतिष्ठानको पुषे पन्ध्र

शेयेर गर्नुहोस

जमुना न्युरे/ धनगढी उपमहानगरपालिका वडा न.-१ चक्मेली बजार नजिकै रहेको डेउडा प्रतिष्ठान केन्द्रिय समितिको कार्यालय सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा पुषे पन्ध्र विशेष विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।


संस्थाका महासचिव तोयनाथ भट्टका अनुसार संस्थागत रुपमा बिगतका बर्षदेखी गर्दै आएको पुषे पन्ध्र कार्यक्रम यस बर्ष अझै धुमधामले गर्ने बताउनु भयो । सुदूरपश्चिमेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । त्यसैले चर्चित कलाकारहरु र अग्रज संस्कृतिबिदहरु संग पुस १५ मनाउने निधो गरिएको संस्थाका अध्यक्ष दलबहादुर बोगटी बताउनु भयो । वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।


पुसे पन्ध्रलाई लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा कतिपय बस्तीमा छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Https -//vavadatop15s.com/

Обзор сайта Vavadatop15s для пользователей Если вам необходима актуальная и проверенная информация о букмекерских конторах, ресурс https://vavadatop15s.com/ станет отличным инструментом. Благодаря систематизированному подходу, пользователи здесь

अझै पढ्नुहोस्